कर्णालीमा ४ हजार ९ सय ३० पदकाे लागि १३ हजार ६५ जनाले चुनाव लड्दै

शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुँदैछ। गृह मन्त्रालयले लोभ र प्रलोभनमा नपरी भोट दिन सबै मतदातालाई अपिल गरेको छ। बिहान ७ बजेबाट साँझ पाँच बजेसम्म मतदान हुँदैछ।

कर्णाली प्रदेशमा १० जिल्लाका ७९ पालिकाका जनप्रतिनिधि छनोटका लागि चुनाव हुँदैछ। विभिन्न पदमा गरी १३ हजार ६५ जना उम्मेदवार चुनावी मैदानमा छन्।

निर्वाचन आयोगका अनुसार मेयर/उपमेयरका लागि ४१९, अध्यक्ष/उपाध्यक्षका लागि ३८५, वडा अध्यक्षका लागि २९२४, महिला सदस्यका लागि २ हजार ३८०, दलित महिला सदस्यका लागि २ हजार २७ र खुला सदस्यका लागि ४ हजार ९३० जना चुनावी प्रतिस्पर्धामा छन्।

यी प्रतिस्पर्धीमध्ये सुर्खेतमा २ हजार ८४, जुम्लामा १ हजार ९२६, हुम्लामा ९२०, मुगुमा ८४४, कालीकोटमा १ हजार ८४९, डोल्पामा ७२०, सल्यानमा १ हजार ४८२, रूकुम पश्चिममा ९०२, जाजरकोटमा १ हजार २०३,  र दैलेखमा १ हजाजर ७६५ जना उम्मेदवार छन्।

प्रदेशभर ९०७ वटा मतदानस्थल र १ हजार ३८५ मतदान केन्द्र छन्। जसमध्ये २९८ वटालाई अति संवेदनशील मानिएको छ भने ४११ लाई संवेदनशील मानिएको छ।

प्रदेश राजधानी सुर्खेतमा एकसय ३८ मतदानस्थल र दुई सय ९१ मतदान केन्द्र रहेका छन्। जसमा अति संवेदनशील २०, संवेदनशील ८५ र सामान्य ३३ वटा रहेका छन्। यस्तै, दैलेखमा एकसय ३६, मतदानस्थल र दुई सय सात मतदान केन्द्र तोकिएको छ। दलैखमा अति संवेदनशील ४६, संवेदनशील ५५ र सामान्य ३५ मतदानस्थल रहेका छन्।

१ सय ४२ मतदान केन्द्र रहेको जाजरकोटमा ८५ वटा मतदानस्थल कायम गरिएकोमा सुरक्षाका दृष्टिकोणले एक मतदानस्थल अति संवेदनशील तोकिएको छ। यस्तै, ५४ संवेदनशील र ३० वटा मतदानस्थल सामान्य छन्। २ सय एक मतदान केन्द्र र १ सय १४ मतदानस्थल रहेको सल्यानमा ४१ वटा अति संवेदनशील मतदानस्थलको रूपमा परेका छन् भने, ५७ संवेदनशील र १६वटा सामान्यमा परेका छन्।

यस्तै, रुकुमपश्चिममा १९ वटा मतदानस्थल अति संवेदनशील पर्दा ४५ वटा सामान्य र १२ छन्। रुकुमपश्चिमा ७६ वटा मतदानस्थल र १ सय ३९ मतदान केन्द्र रेहका छन्। हिमाली जिल्ला डोल्पामा ६६ मतदानस्थल तोकिदा जम्मा मतदान केन्द्र पनि ६६ नै रहेका छन्। डोल्पामा २३ अति संवेदनशील, २६ संवेदनशील र १७ सामान्यमा केन्द्रका रूपमा परेका छन्।

यस्तै, जुम्लामा ७९ मतदानस्थल तोकिदा १ सय २ मतदान केन्द्र कायम भएका छन्। जसमा अति संवेदनशील ४०, संवेदनशील १४ र सामान्यमा २५ मतदानस्थल तोकिएका छन्। मुगुमा २६ अति संवेदनशील तोकिँदा ८५ संवेदनशील र ३३ वटा सामान्यमा परेका छन्। मुगुमा जम्मा ६१ मतदानस्थल र ६४ मतदान केन्द्र तोकिएका छन्।

कर्णालीमा १० लाख १ हजार २८२ जना मतदाता छन्। जसमध्ये सल्यानमा १ लाख ४० हजार ६६७, डोल्पामा २० हजार ७६, मुगुमा ३१ हजार ४३१, जुम्लामा ६१ हजार ६४५, कालीकोटमा ७२ हजार ८०, हुम्लामा २८ हजार ५४२ मतदाता छन्। जाजरकोटमा ९४ हजार ८७५, दैलेखमा १ लाख ४८ हजार ७२७, रूकुम पश्चिममा ९२ हजार ३४७ र सुर्खेतमा २ लाख ३८ हजार ४५७ मतदाता छन्।

प्रकाशित मिति: : 2022-05-13 06:19:00

प्रतिकृया दिनुहोस्