गृह मन्त्रालयले भन्याे : लोभ र प्रलोभनमा नपरी मतदान गर्नुहाेस्, कसैले धम्काए प्रहरीलाई भन्नुहाेस्

File Photo
File Photo

गृह मन्त्रालयले कसैको लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न मतदाताहरूलाई आग्रह गरेको छ।

भाेलि (वैशाख ३० गते) हुने स्थानीय तहकाे पूर्व सन्धयामा मन्त्रालयले विज्ञप्ती जारी गरी लाेभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न आम मतदाताहरूलाई आग्रह गरेकाे हाे।

‘कोही कसैको डर, धम्की तथा प्रलोभनमा नपरी सम्पूर्ण मतदाताहरुलाई मतदान कार्यमा सरिक भई आफ्नो मताधिकारको प्रयोग गर्नुहुन र निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरण गर्न सम्पूर्ण राजनीतिक दल तथा सरोकारवाला पक्षहरुलाई नेपाल सरकार, गृह मन्त्रालय अनुरोध गर्दछ,’ मन्त्रालयलद्वारा जारी गरिएकाे विज्ञप्तीमा भनिएकाे छ।

त्यस्तै मन्त्रालयले मतदानकाे समयमा कसैले डर वा धम्की दिएमा तुरून्त प्रहरीमा खबर गर्न भनेकाे छ।

‘...कहीं कतैबाट डर, वास, धम्की आएमा तथा असुरक्षा महसुस भएमा नजिकको स्थानीय प्रहरी इकाई वा प्रहरीको नम्बर १०० वा जिल्ला प्रहरी प्रमुख वा प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ,’ विज्ञप्तीमा उल्लेख छ।

यस्ताे त विज्ञप्ती:

प्रकाशित मिति: : 2022-05-13 05:05:00

प्रतिकृया दिनुहोस्