धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजकाे इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण

File Photo
File Photo

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको छ।

बुधबार ८७ जना यात्रु लिएर धनगढीका लागि उडेको जहाजकाे इन्जिन फेल भएपछि बीचबाटै काठमाडौं फर्काएर अवतरण गराइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२ः०८ बजे त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। आकस्मिक अवतरण गराइएको जहाजका सबै यात्रु सुरक्षित रहेको उनले बताए।

सुरक्षित अवतरण गरिएको जहाजको प्राविधिक जाँच गरिने उनको भनाइ छ। उक्त विमानलाई आकस्मिक अवतरण गर्न लागिएपछि अन्य विमान आकाशमै होल्डमा राखिएको थियो। 

प्रकाशित मिति: : 2022-05-11 12:31:00

प्रतिकृया दिनुहोस्