यस्ता पनि एमालेका उम्मेदवार, मतदाता भन्छन् : दोषी ठहर​​ भएकालाई पनि भाेट दिनु र ?

नेकपा (एमाले)ले अर्घाखाँचीको मालारानी– ४ मा भ्रष्ट्राचार गरी कारबाही भोगेका जनप्रतिनिधिलाई वडा अध्यक्षकाे उम्मेदवार बनाएको छ।

एमालेले मालारानी– ४ को वडा अध्यक्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम दुरुपायोग गरेर कारबाही भाेगेका निर्वातमान अध्यक्ष विष्णुप्रसाद पाख्रेललाई उम्मेदवार बनाएको हो।

निर्वातमान अध्यक्ष पोख्रेलले वडामा सञ्चालित आर्थिक वर्ष २०७७/०७८ को प्रधानमन्त्री रोजगार कार्यक्रमकाे रकम दुरुपयोग गरेकाे अभियाेगमा जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीले  ७ लाख ३९ हजार ७ सय २७ रुपौयाँ रकम तिराएकाे थियाे।

योसँगै उनीमाथि अन्य योजनाको पैसा दुरुपायोग गरेको आरोप छ। तथापि, उनकाे उम्मेदवारीविरूद्ध कुनै पनि दाबी विराेधकाे उजुरी परेकाे थिएन। तर, वडाकाे बजेटमा चरम भ्रष्ट्राचार गरेकाे व्यक्तिलाई उम्मेदवारी बनाएकाे भन्दै पार्टी भित्रैबाट र स्थानीयहरूले असन्तुष्टी व्यक्त गर्दै आएका छन्।

साेही सिलसिलामा मंगलबार चुनावी अभियानका क्रममा गठबन्धनका कार्यकर्ताले पाेख्रेलले पदकाे दुरूपयाेग गरेकाे भन्दै नाराबाजी गर्दा एमालेका नेता/कार्यकर्ताहरूले हस्तक्षेप समेत गरेका थिए।

‘उनी अहिले एमालेका उम्मेदवार भए पनि विगतमा वडाका जनप्रतिनिधि थिए, जनताकाे सेवा गर्न पठाएका व्यक्ति हुन, त्यतिबेला उनले ठूलाे भ्रष्ट्राचार गरेर प्रशासनले कारबाही गरेकै हाे। भ्रष्ट्राचारविरूद्ध बाेल्न नपाइने भन्ने पनि हुन्छ ? उनीहरू लाेकतन्त्रमा छन कि जंगली व्यवस्थामा ?’, एक स्थानीयले भने।

प्रशासनबाटै दाेषी ठहरिएर कारबाही भाेगिसकेका पाेख्रेल भोट माग्दै स्थानीयको घरदैलामा गएका बेला कतिपयले यही कुरा गरेर फर्काउने गरेको एमाले कार्यक्रर्ताहरू नै बताउँछन्। भने, स्थानीयबासी पनि गरिब जनताकाे नाममा आएकाे पैसामा रजाइँ गर्ने उम्मेदवारलाई भाेट हाल्न नसकिने बताउँदै आएका छन्।

यस्ताे छ उनकाे कारबाहीकाे बेहाेरा :

प्रकाशित मिति: : 2022-05-10 20:01:00

प्रतिकृया दिनुहोस्