माधव नेपालले मागे 'सूर्य'मा भोट (भिडियोसहित)

File photo
File photo

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको छ। पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेको समाजवादीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भने एक्लै लडेको छ। 

मंगलबार समाजवादीको अन्तिम चुनावी सभामा ललितपुरको महालक्ष्मी नगरपालिकाको लुबुमा थियो। जहाँ अध्यक्ष नेपालले सम्बोधन गरे, सम्बोधन गर्दै गर्दा उनले आफ्ना उम्मेदवारलाई सूर्यमा मतदान गरेर जिताउन आग्रह गरेका छन्। यसअघि लामो समय नेकपा एमालेमा रहेका नेपाललाई विगतको सम्झाना आएको हुनसक्छ। जसले गर्दा कमल चिन्हमा मत माग्नुपर्नेमा उनले सूर्य चिह्नमा मत मागेका थिए। 

सूर्यमा मत माग्दै गरेका नेपाललाई उनका कार्यकर्ताले रोकेर कलम चिन्हमा मत माग्न अनुरोध गरे। त्यसपछि पनि उनी एकछिम अकमक्किए। एक छिन अलमल्लिएका नेपालले पछि सूर्यलाई पराजित गर्न कलम चिन्हमा मतदान गर्न आग्रह गरे।

प्रकाशित मिति: : 2022-05-10 18:09:00

प्रतिकृया दिनुहोस्