स्ठानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्छ : केपी ओली

file photo
file photo

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताएका छन्। 

काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताएका हुन्। 

‘स्थानीय तह निर्वाचनले सरकार बनाउँदैन, प्रदेश सरकार बनाउँदैन,’ उनले भने, ‘तर, देशको आगामी दिशा तय भने गर्छ।’ 

एमालेको जित सुनिश्चित भइसकेको दाबी गरेका ओलीले निर्वाचनको तयारी सकिएको र अब नतिजाको पर्खाइमा रहेको बताए। 

प्रकाशित मिति: : 2022-05-10 17:50:00

प्रतिकृया दिनुहोस्