एमालेबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेकाे भए माफी मागेका छन्।
काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो अभिव्यक्ति र लेखाइबाट कसैलाई चोट पुगेको भए माफी चाहेकाे बताएका छन्।
‘मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको सुनेँ। कसैलाई मेरो अभिव्यक्ति र लेखाइले चोट पुगेको भए माफी चाहन्छु,’ स्थापितले भने।
आफू निर्वाचित भएमा दलित र अपांगता भएका विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने उनले बताएका छन्।