जुम्लामा समावेशीताकाे सवालमा माओवादी केन्द्र सबैभन्दा अगाडि

Breaknlinks
Breaknlinks

स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले जुम्लाका दुई वटा पालिकाकाे उपप्रमुखमा दलित महिलालाई उम्मेदवार बनाएकाे छ।

माओवादी आन्दोलनकाे विषयमा पछिल्लो समय आलोचना भइरहेकाे भएपनि समावेशीताकाे सवालमा जुम्लामा माओवादी अगाडि देखिएकाे छ।

राजनीतिक दलहरुले समावेशीताका जतिसुकै चर्काे नारा लगाएपनि त्यसलाई व्यवाहारमा नउतारेकाे अवस्था माओवादी एकमात्र पार्टी बनकाे छ।

हिमा गाउँपालिकाकाे उपाध्यक्षमा गाउँ कमिटीले निर्णय गरेर कल्पना परियारलाई टिकट दिएपनि केही नेताहरुका व्यक्तिगत स्वार्थका विवादमा ल्याउने प्रयास गरियाे। उनलाई जातीय गालीगलाेज समेत गरियाे। यसकाे सर्वत्र चर्काे आलोचना भएपछि अन्नत: नेताहरु पछि हटे र उनलाई नै समर्थन गर्नुपर्ने अवस्था आइलाग्याे।

सार्वजनिक वृत्तमा आलाेचित हुन पुगे पनि तुलनात्मक रुपमा माओवाद मात्रै समावेशीताकाे सवालमा अगाडि देखिएकाे छ।

जुम्लामा १४ वटा राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा भाग लिएका छन्। तथापि माओवादीले मात्रै उपप्रमुखमा दुई जना दलित महिला उम्मेदवार बनाएर समावेशीताकाे सवालमा जिम्मेवार देखिएकाे छ। उसले हिमाकाे साथै चन्दननाथ नगरपालिकाको उपप्रमुखमा पूर्णिमा विक(रचना)लाई उम्मेदवार बनाएको हाे।

नेपाली कांग्रेस, नेकपा (एमाले), एकीकृत समाजवादी, नेमकिपा, राप्रपा, जसपालगायतका अन्य कुनै पनि दलहरूले दलितलाई प्रमुख वा उपप्रमुखको उम्मेदवार नबनाएकाे अवस्थामा माओवादी मात्रै एक दल बनेकाे छ।

यसपटकको स्थानीय तह निर्वाचनमा अन्य राजनीतिक दलहरुको समावेशीताकाे नारामै सिमित बनेकाे दलित अधिकारकर्मी भिम सार्कीले बताए।

‘स्थानीय तहको प्रमुखमा कुनै पनि राजनीतिक दलले दलित वा दलित महिलालाई उम्मेदवार बनाएका छैनन्,’ उनले भने,‘माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेकी पूर्णिमा विक र कल्पनालाई उम्मेदवार बनाउनु खुसीको कुरा हाे।’

देशभर महिला तथा दलित समुदायलाई मुख्य पदमा उम्मेदवार बनाउन प्रमुख दलहरुले आनाकानी गरे पनि माओवादी केन्द्रले आफ्नो क्षमता हेरेर उपप्रमुखको उम्मेदवार बनाएको पूर्णिमाले बताइन्।

‘संगठनप्रतिकाे मेराे जिम्मेवारी र जनतासँगकाे सामिप्यतालाई बुझेर मलाई पार्टीले टिकट दिएकाे छ,’ उनले भनिन्, ‘हामीले क्षमता विकास गर्दै गएकाे खण्डमा एक दिन प्रमुख पदमा पनि उम्मेदवारी दिने अवस्था आउनेछ।’

यता जिल्ला समन्वय समितिकि सदस्यसमेत भइसकेकी हिमा गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार कल्पना परियार दलित समुदायलाई गैरदलित समुदायले अवसरबाट वञ्चित गर्ने गरेकाले आफू चुनावी मैदानमा जबर्जस्त उत्रिएकाे बताइन्।

प्रकाशित मिति: : 2022-05-10 10:10:00

प्रतिकृया दिनुहोस्