चुनाव प्रचारका क्रममा विरामी परेका दाङका वडाध्यक्षका उम्मेदवारको मृत्यु

दाङमा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार ५३ वर्षीय लवरु चौधरीको मृत्यु भएको हो।

एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए। चौधरी मिर्गौला, कलेजोको विरामी थिए। चुनाव प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उनलाई उपचारकालागि २ पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो।

स्वास्थ्यमा सुधार नभएपछि उनलाई उपचारका लागि काठमाडौँस्थित टिचिङ अस्पतालमा लगिएको थियो। चौधरीको काठमाडौंमा नै मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष वलीले जानकारी दिए।

उनको शवलाई दाङ ल्याउने तयारी भइरहेको छ। मृतक चौधरी यस अघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर काम गरेका थिए।

प्रकाशित मिति: : 2022-05-10 08:00:00

प्रतिकृया दिनुहोस्