एमाले उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु बम नभएको पुष्टि

Symbolic photo
Symbolic photo

स्याङ्जामा एमाले उम्मेदवारको घर जाने बाटोमा शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ।

भिरकोट नगरपालिका एमालेबाट मेयरका उम्मेदवार विश्वनाथ अर्यालको घर जाने बाटोमा प्रेसर कुकरमाथि रातो तार र कालो टेपले बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो। उक्त वस्तु बम नभएको पुष्टि भएको प्रहरीले जनाएको छ।

साेमबार बिहान ६ः२५ बजेतिर घर नजिकै प्रेसर कुकरमाथि रातो तार र कालो टेपले बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो।

शंकास्पद वस्तु फेला परेको जानकारी पाएलगत्तै नेपाली सेनाको समिरजित गुल्मबाट क्याप्टेन अनुपम अर्यालको कमान्डमा बम डिस्पोजल टोली खटिएको थियो। डिस्पोज गर्ने क्रममा कुकरभित्र पाँचवटा सानो ढुंगा र लाइटमा प्रयोग हुने एक थान ब्याट्री भेटिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-05-09 16:02:00

प्रतिकृया दिनुहोस्