कीर्तिमानी आरोही कामीरिता शेर्पा २६ औं पटक सगरमाथा (८८४८.८६ मिटर) को चुचुरोमा पुगेका छन्।
शनिबार नेपाली समयअनुसार साँझ ६ बजेर ५५ मिनेटमा आरोहीहरूको पहिलो टोली पुगेको हाे। एक्सपिडिसन अपरेटर अफ नेपाल (इओए) को व्यवस्थापनमा सेभेन समिट ट्रेकमाार्फत् ११ जना आरोही सगरमाथाको चुचुरोसम्म डोरी टाँग्न सफल भएका छन्।
उनीहरू डोरी टाँग्दै चुचुरोसम्म पुगेको पर्यटन विभागले पुष्टी गरेकाे छ। स्राेतका अनुसार अब वसन्त ऋतुको सर्वोच्च शिखर सगरमाथा आरोहणको ढोका खुलेको छ। मौसम अनुकूल रहेमा धमाधम आरोहण हुनेछ।
नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने यस सिजनको पहिलो आरोही टोली बन्याे, कामीरिता समूह।
कामिरिता शेर्पाले यसअघि २५औं पटक सगरमाथाको चढेर विश्व कीर्तिमान तोडेका थिए। यसपालि पनि २६ औं पटकको सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका छन्। सगरमाथाको रूट खोल्न जानुअघिकाे भेटमा कामिरिताले आफूले कहिल्यै रिकर्ड तोड्न हिमाल नचढेको बिएल नेपाली सेवालाई बताएका थिए।
नयाँ सिजनको लागि आरोहीहरूका लागि सगरमाथासम्प डोरी टाँगेर सगरमाथाको चुचुरोसम्म बाटो खोल्ने खोल्ने (रोप फिक्सिङ) को नेतृत्व सिनियर माउन्टेन गाइड कामीरिता शेर्पाले गरेका छन्। ११ जनाको टोलीमा सोलुखुम्बु जिल्लाका कामीरिता शेर्पासहित तेन्जिङ ग्याल्जे शेर्पा, फुर्वा छिरिङ शेर्पा, ङिमा टासी शेर्पा, फुर्वा छोतार र लाक्पा तेन्जी छन्।
त्यस्तै संखुवासभा जिल्लाका सह्याक लिडर सोना शेर्पा, फुर्वा कुसाङ शेर्पा, तारेमान शेर्पा, पासतेन्जिङ शेर्पा लगाएत दोलखाका मिग्मा धन्दु शेर्पा पिनि न्।
यो सिजनमा विभिन्न ३९ टोलीका कम्तीमा ३१६ जनाले सगरमाथा आरोहणको साथै ११२ जनाले ल्होत्से हिमाल आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ। २६औं पटक विश्वको अग्लो शिखर चढेर किर्तिमान राखेका नेपाली ‘माउन्टेन गाइड’ ५२ वर्षे कामिरिता शेर्पा लगाएत ११ जनाको टोलीलाई बधाई ।