दलित महिला वडा सदस्यको मृत्यु 

खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु भएको छ।

रक्तचापको समस्याले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारको मृत्यु भएको हो।

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन्।

रक्तचापले बेहोस अवस्थामा स्वास्थ्य संस्थामा पुर्‍याएलगत्तै परियारको मृत्यु भएको एमाले हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिए। 

 २०३० सालमा जन्मिएकी परियार एमाले नगर कमिटी सदस्य तथा अनेमसंघ जिल्ला कमिटी सदस्य थिईन्। उनका श्रीमानसहित तीन छोरा र दुई छोरी छन्। 

प्रकाशित मिति: : 2022-05-07 11:02:00

प्रतिकृया दिनुहोस्