श्रीमती कुटपिट गर्ने श्रीमानको मृत्यु

file photo
file photo

मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरी घाइते बनाउने काजिमान तन्डुकारको मृत्यु भएको छ। 

बढैयाताल गाउँपालिका–८ शितलाबजारका तन्डुकार अचेत अवस्थामा फेला परेपछि उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

श्रीमतीलाई कुटपिट गर्ने तन्डुकारको खोजतलास गर्ने क्रममा घरभन्दा १५० मिटर टाढा अचेत अवस्थामा पल्टिएको फेला परेका उनलाई उपचारको लागि बर्दिया अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

कुटपिटबाट घाइते भएकी बीरमाया तन्डुकारको आरके मेडिकल शितलाबजारमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज नर्सिङ होममा पठाइएका छ।

प्रकाशित मिति: : 2022-05-06 22:01:00

प्रतिकृया दिनुहोस्