महेश नेपाली
‘सुशासन, समृद्धि र समाजवादको आधार।
तातोपानी गाउँपालिकामा एमालेको सरकार।’
मुख्य नारा बनाएका सरतबहादुर शाही तातोपानी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार हुन्।
२०७४ को स्थानीय तहको निर्वाचनमा थोरै मतान्तरले हारेका उनी यसपालि जित्ने दाबीसहित चुनावी मैदानमा उत्रिएका छन्।
निकै कम तर पूरा गर्न सकिने योजना जनतासमक्ष प्रस्तुत गरेका उनी संगठन विस्तारमा पनि उत्तिकै सक्रिय छन्। उनले तातोपानीका हरेक गाउँमा सडक विस्तार गरिने योजना सार्वजनिक गरेका छन्।
तातोपानीमा हालसम्म फोर जी सेवा विस्तार हुन सकेको छैन। यसै कारण जिल्लाको पर्यटन विकासमा ठूलो योगदान दिन सक्ने तातोपानी विकासमा निकै पछि परेको उनको ठम्याइ छ। उनले भने, ‘तत्काल फोर जी सेवा विस्तार गरिनेछ।’
उनले तातोपानीका जनताले आफूलाई जिताएको खण्डमा हरेक वडाअनुसार फरक खालको विकास गरिने बताए।
‘एक नम्बर वडामा एक घर एक धाराको व्यवस्था गरिने छ। दुईमा सहिद स्मारक निर्माण तथा राँकादेखि तरापी जोड्ने पक्की पुल निर्माण गरिने छ,’ उनले भने, ‘तीनमा सुन्दर गाउँ बाविराको मन्दिर निर्माण तथा पर्यटकीयस्थल तातोपानी धाराको स्तर वृद्धि गरी लछालकृति पैकालाको सालिक निर्माण गरिनेछ।’
उनका अनुसार चार नम्बर वडामा रहने गिडी दह–ठाकुरज्युलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने, ऐरेनीदेखि हाँकु जोड्ने पक्की पुल निर्माण गरिने, पाँच र छमा एक घर एक धाराको व्यवस्था गरिने छ।
त्यस्तै वडा नम्बर सात र आठमा जुम्लालाई जाजरकोट जोड्ने निर्माणाधीन त्रिवेणी टोप्ला हुँदै जाजरकोटको सडक विस्तार गरिने उनको योजनामा छ।
तातोपानी गाउँपालिकाको साविकको ताम्ती गाविसलाई विशेष क्षेत्र घोषाणा गरी नदै डाबलाई पर्यटन क्षेत्रको रुपमा विकास गरिनेलगायत महत्वपूर्ण योजना त्यसमा पनि लागु गर्न सकिने हुनाले पनि जित्ने सम्भावना रहेको उनले बताए।
‘हामी पालिकामा आएपछि दलित, अपाङ्ग, जनजातिलगायतका छात्राहरुलाई छात्रवृत्तिको व्यवस्था गर्नेछौं,’ उनले भने, ‘कक्षा एकदेखि पाँचसम्म अंग्रेजी माध्यममा कक्षा संचालनको लागि आवश्यक निःशुल्क पाठ्य पुस्तकको व्यवस्था गर्नेछौं।’
सुगममा मात्रै अध्ययन अध्यापन हुने स्वास्थ्यको लागि पोलिटेक्निकल विद्यालयको स्थापना गरी पालिकाको स्वास्थ्य स्थितिमा सुधार गर्नु जरुरी छ। उनले भने, ‘प्रत्येक वडामा वर्थिङ्ग सेन्टरको स्थापना गरिनेछ।’
पालिकाको कृषि क्षेत्र, खेल क्षेत्र सुधारका लागि गुणस्तरीय, प्राविधिक र व्यावसायिक शिक्षाको विकासका लागि समय खर्चिनेछ।
जडीबुटीको खानी रहेको तातोपानी प्रवर्द्धन तथा प्रशोधन केन्द्रको स्थापना गरिने विषयमा आफू सबैभन्दा सचेत रहेको उनले बताए।
‘एक गाउँ, एक उत्पादन र दश उद्यमी निर्माण गरिने विषयमा म सचेत छु,’ उनले भने, ‘अघिल्लो निर्वाचनभन्दा योबेला हामी जनतासँग धेरै घुलमिल छौं। त्यसैले जित्छौँ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया