सत्तागठबन्धनले आज चितवनको भरतपुरमा चुनावी सभा गर्ने भएको छ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभा सम्बोधन गर्न बुधबार नै चितवन पुगेका छन्। उनी लगायत आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन्।
चुनावी सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसापाका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
नेकपा (माओवादी केन्द्र) चितवनका जिल्ला संयोजक रामचन्द्र अधिकारीका अनुसार भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुनेछ।
भरतपुर महानगरान सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल प्रमुखको उम्मेदवार छिन्। उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन्।