अघिल्लोपटकको वाचा पूरा नभएकोमा आक्रोशित अत्तरियाका मतदाता– भोट माग्न त आऊन् ... !

लोकान्तर

काठमाडौं

कैलालीको गोदावरी नगरपालिकाको अत्तरियास्थित विष्ट टोलका मतदाता नेताहरूले यसअघि गरको प्रतिबद्धता पूरा नगरेको र जनताका पक्षमा काम नगरेको भन्दै असन्तुष्ट छन् ।

गोडेपानी खोलाले विष्ट टोललाई बर्सेनि समस्या दिन्छ भने गोदावरी नदी पनि बस्ती नै पस्ने अवस्था आइसक्दा पनि सरकारले आफूहरूको गुनासो नसुनेको स्थानीयको आरोप छ ।

अघिल्लोपटक विष्ट टोललाई सुरक्षित गर्न गोडेपानी खोलाको बाढी टोल बस्न नदिने गरी बाँध बाँध्ने प्रतिबद्धता गरिएको थियो ।

‘अहिलेसम्म २ परिवारको नाममा २५/२५ र अर्को २ परिवारलाई १५/१५ वटा ढुंगा भर्ने जाली दिएर टारिएको छ, न यति जालीले पुग्छ न त थप काम नै भएको छ,’ विष्ट टोलका स्थानीय जानकी विष्टले गुनासो गरिन् ।

प्रकाशित मिति: : 2022-05-04 19:28:00

प्रतिकृया दिनुहोस्