लाङको तुलसीपुरमा कुवा खन्ने क्रममा बेपत्ता भएका एक जनाको शब तीन दिनपछि फेला परेको छ।
तुलसीपुर उपमहानगरपालिका १७ जमेरा बस्ने अन्दाजि २४ वर्षीय हरि चौधरीको शव मंगलबार बिहान ११ बजे फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।
तुलसीपुर उपमहानगरपालिका १३ साजखुटिमा आइतबार बिहान साढे ११ बजे कुवा खन्ने क्रममा ढिस्कोले पुरिएर चौधरी बेपत्ता भएका थिए।
स्थानीय डिल्ली रोकाको घरमा कुवा खन्ने क्रममा बेपत्ता भएका चौधरीको शवलाई स्काभेटर प्रयोग गरेर निकालिएको प्रहरीले बताएको छ। चौधरीको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको डिएसपी अर्यालले बताए।