फाेहाेर व्यवस्थापनसँगै ककनीलाई पर्यटकीय नगर बनाउनु मेराे पहिलाे लक्ष्य हाे : काशिराज अधिकारी

Breaknlinks
Breaknlinks

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनकाे माहाेलले यतिबेला देश तातेकाे छ। नुवाकोटमा पनि नेकपा (एमाले), नेपाली  कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतले आ– आफ्नाे उम्मेदवारलाई जिताउन घरदैलो अभियानदेखि विभिन्न सभा तथा प्रशिक्षण कार्यक्रमहरू गरिरहेका छन्।

ककनी गाउँपलिकामा नेकपा (एमाले)बाट अध्यक्ष पदमा उम्मेदवारी दिएका काशिराज अधिकारी पनि चुनावी अभियान लिएर मतदाताकाे घर–घरमा पुगेका छन्। साेही सन्दर्भमा अधिकारीसँग बि.एल नेपाली सेवाका लागि मन्दिरा अधिकारीले  गरेको  कुराकानी प्रस्तुत छ:-


ककनी गाउँपलिकाको अध्यक्ष पदमा तपाईं उम्मेदवारी किन ?

पलिकाको विकास गर्नु नै मेरो मुख्य लक्ष्य रहेको छ। यहाँ भएका बेतिथिहरु निमुर्ल गर्न, सम्पूर्ण ककनीबासीहरुको हक/हितको रक्षा गर्न मैले नेकपा (एमाले) तर्फबाट पलिका अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ। र, म यस पदको लागि योग्य छु।

उम्मेदवारी दिएसँगै तपाईंले चुनावको तयारी कसरी गरिरहुन भएकाे छ ?

स्थानीय तहको निर्वाचनलाई ध्यानामा राखेर हामीले घरदैलो अभियान गरिरहेका छाैँ। वडा कमिटी गठन गरेका छौँ। भने, त्योभन्दा पनि टोल कमिटी गठन गरेका छौँ, जसमा ४६ वटा टोल छन्। त्यही टोल केन्द्रित रहेर कार्य गर्दै आएका छौँ। हालसम्म पालिकाको १, २, ३, ४ तथा ६ वडामा अभियान गरेका छौँ, जुन निक्कै प्रभावकारी भएका छन्।

चुनावी अभियानबाहेक तपाईंले चुनाव जित्ने मुख्य आधारहरू के–के हुन् ?

पलिकामा हामीले नै जित्छौँ भन्ने  कुरामा म विश्वस्त छु। मैले यसभन्दा अघि पनि पलिकाको लागि धेरै कामहरु गरिसकेको छु। त्यसमाथि पनि पहिला गठबन्धनका कुराहरु थिए, हाल त्यो सम्भव छैन। त्यसकारण पनि हाम्राे जित निश्चित छ।

चुनाव जितेपछि तपाईंले के–के गर्नुहुन्छ ?

मेरो मुख्य लक्ष्य भनेको पालिकाको चाैतर्फी विकास गर्नु हो। ककनी गाउँपलिकालाई ऐतिहासिक नगरी तथा पर्यटकीय स्थलको रुपमा चिनाउन म हर–प्रयासमा लाग्ने छु। काठमाडौंबाट डम्पिङ साइडमा आउने फोहोरलाई व्यवस्थापन गर्ने, सिसडोललाई स्वच्छ बनाउने काम त छँदैछन्। यहाँका मानिसहरूलाई त्यही फाेहाेर प्रयाेग गरेर ग्यास तथा विजुली उत्पादन गर्ने याेजना बनाउने छु। पालिकाममा गुणस्तरीय शिक्षाकाे व्यवस्था मिलाउनेछु, कृषकका लागि उनीहरुको आवश्यकताअनुसारका उत्पादनमा कार्य गर्ने, पूर्वाधारका विकासमा जोड, पासाङल्हामु सडक खण्डकाे पिच गराउने मेराे मुख्य काम हुनेछन्। त्यस्तै जनताहरुको सुविधाका लागि काम गर्ने तथा पलिकामा नै  रोजगारीको  सिर्जना गर्ने लगायतका काम कामहरू मेरा प्रथामिकतामा पर्नेछन्।

चुनावी अभियानमा मतदाताहरुबाट कस्तो प्रतिक्रया पाउनु भएकाे छ ?

मैल हालसम्म सकारात्मक प्रतिक्रिया पाएको छु। जनताले नेकपा (एमाले)लाई विश्वास गरिरहनु भएकाे छ। स्थानीयकाे आकांक्षा पनि एमाले चुनाव जिताेस् भन्ने छ। हामी तपाईंको पक्षमा छौँ, हामीले तपाईंकाे नेतृत्वमा विकास चाहन्छाैँ भन्ने प्रतिक्रिया जनताले दिनुभएकाे छ। जे हाेस् सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएकाे छ।

अन्त्यमा तपाईं मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?

तपाईंहरुले विश्वास गरेर मलाई मतदान गर्नुहुन्छ भने म त्यसको कदर अवश्य नै गर्ने छु। तपाईंहरुको मत खेर जाने छैन। म हरदम ककनीको विकासकाे लागि काम गर्नेछु। तपाईंहरुको सेवा गर्नु नै मेरो प्रमुख दायित्व हो। आउनुस् मिलेर गाउँकाे विकास गराैँ।

प्रकाशित मिति: : 2022-05-03 17:09:00

प्रतिकृया दिनुहोस्