मेराे त ‘ब्लड’मै काँग्रेस छ : श्वेता खड्का (अन्तर्वार्ता)

कमल प्रभात

काठमाडौं
Breaknlinks
Breaknlinks

अभिनेत्री श्वेता खड्का मंगलबार नेपाली कांग्रेस प्रवेश गरेकी छिन्। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित सरकारी निवासमा आयोजित कार्यक्रममा खड्कालाई कांग्रेसमा स्वागत गरेका हुन्।

वितगदेखि नै काँग्रेसकाे समर्थन राख्ने खड्का अचानक अन्य कलाकारहरूसँग पार्टी प्रवेश गरेकी छिन्। साेही सन्दर्भमा बिएल नेपाली सेवाकाे लागि कमल प्रभात विकले गरेकाे कुराकानी प्रस्तुत छ:-


तपाईं अचानक नेपाली काँग्रेसमा किन प्रवेश गर्नुभयाे ?

मैले पहिलादेखि नै विभिन्न तरिकाले काम गर्दै आएकै हाे, सबै सेक्टरमा याेग्दान छ। तर, हाम्राे देशमा धेरै गाह्राे हुँदै गएकाे अवस्था छ, त्यसैले अब याे महाेलमा राजनीतिमा लागेर काम गर्ने बेला आएकाे जस्ताे लाग्याे। अहिले काम गर्ने राइट टाइम हाे जस्ताे लागेर पार्टीमा प्रवेश गरेकाे हाे। एउटा सच्चा राजनीतिज्ञ भएर काम गर्न मन लाग्याे त्यही भएर म पार्टी प्रवेश गरेँ।

काँग्रेस नै किन राेज्नुभयाे ?

मेराे त पूर्खा सबै काँग्रेस नै हाे। मेराे बुवाले पार्टीमा रहेर धेरै याेग्दान गर्नुभएकाे छ। मेराे त ब्लडमै काँग्रेस छ। घरमा सबै जना काँग्रेस नै हुनुहुन्छ, त्यही भएर।

पार्टी प्रवेशकाे लागि प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटरमै पुग्ने संयाेग कसरी जुर्याे ?

उहाँहरूले धेरै पहिलादेखि नै निमन्त्रणा गर्नुभएकाे थियाे। ‘तपाईं जस्ताे युवा पार्टीमै सक्रिय हुनुपर्छ’ भनेर धेरैले पहिलादेखि नै प्रस्ताव गर्नुभएकाे थियाे। तर, आज यसरी अन्य कलाकारहरूसँगै प्रवेश गराैँ भनेर प्रेरणा दिने धेरै जना हुनुहुन्छ। फेरि अब काम गर्ने राइट टाइम नै यही भनेर म गएकाे हाे।

चुनाव आएकाेले काँग्रेसमा चुनावी माहाेल बनाइदिन पार्टी प्रवेश गरेकाे त हाेइन नि ?

हाेइन, हाेइन। त्यस्ताे केही स्वार्थ छैन। न म कुनै माहाेल बनाउन प्रवेश गरेकी हुँ, न उहाँहरूले मबाट त्यस्ताे अपेक्षा नै गर्नुभएकाे छ। मेराे कुनै अपेक्षा छैन। काँग्रेसमा काम गर्न स्वतन्त्रता छ। जति पनि सुनेकाे छु, बुझेकाे छु हेरेकाे छु, मेरा पूर्खाहरूले जति बुझाउनुभएकाे छ त्यसैले यहाँ काम गर्न सकिन्छ भनेर लागेकाे हाे। चुनावकै बेला प्रवेश गर्नु संयाेग मात्रै हाे।

तपाईंले पहिलैदेखि राजनीतिमा लाग्ने साेच्नु भएकाे थियाे कि अन्य कलाकारहरू अरू पार्टीमा गएकाे देखेर जानुभयाे ?

हाेइन, त्यस्ताे त। पहिलादेखि नै अन्य पार्टीका नेताहरूले पनि बाेलानुभएकाे थियाे तर मेराे मनमा काँग्रेस थियाे। त्यही भएर यता लागेकाे, मैले भने त अरू केही पनि हाेइन काम गर्ने याे सही समय हाे भनेर लागेकाे।

अहाे ! अन्य पार्टीबाट पनि बाेलाउनु भएकाे थियाे ?

धेरैले बाेलाउनुभयाे। धेरै अवसर र प्रलाेभन आएका पनि थिए। तर, म आत्मामा एउटा पार्टी, बाहिर अर्काे पार्टीमा बाेकेर हिँड्न सक्दिनँ भनेर काँग्रेसमा लागेँ। मेराे ब्लडमा काँग्रेस छ, म हुर्किएदेखि बुबाहरूले घरमा काँग्रेसहरूकाे प्रचासप्रसार गरेकाे देखेकाे थिएँ, त्यसैले हाे। यता आएर जे गरेँ राम्राे गरेँ।

अब तपाईं खुल्ला रूपमै राजनीतिमा लाग्ने कि समर्थन मात्रै ?

मलाई समर्थनकाे लागि भन्दा पनि एउटा राज्यले गरेकाे नीतिमा रहेर सही ठाउँमा सही तरिकाले काम गर्न मन छ। राजनीतिमा म एउटा उदाहरण बन्न चाहन्छु। हामीले काम गर्न राजनीतिमा जानैपर्छ भन्ने थिएन काम त पहिलादेखि नै गरिरहेकै हाे। तर, अब पार्टीमा लागेरै काम गर्दा अझै राम्राे हाेला भनेर हाे।

...भनेपछि अन्य नेताहरू जस्ताे भाषण गर्दै हिँड्नुहुन्छ ?

म गएर कहीँ राम्राे हुन्छ, कुनै काम गरेर देखाउने अवसर पाउँछु भने त अभियस्ली गरिहाल्छु। तर, म भाषण नै गरेर हिँड्नुपर्छ भन्ने चाहिँ हाेइन।

जे हाेस् अब हामी तपाईंलाई राजनीतिक कार्यक्रममा देख्न पाइन्छ ?

अवश्य पाइन्छ। किनभने, तन, मन भित्र आत्मादेखि नै काम गर्छु भनेर म राजनीतिमा आएकी हुँ, त्यही भएर मैले सक्ने काम त गरिनै हाल्छु नि।

हस्, राजनीतिक यात्राकाे शुभकामना छ, तपाईंलाई।

धन्यवाद।

ब्राण्ड स्टोरी:  नायिका श्वेता खड्का, रिसेप्सनिष्टदेखि सफल व्यवसायीसम्म

प्रकाशित मिति: : 2022-05-03 20:40:00

प्रतिकृया दिनुहोस्