बिएल संवाददाता
ब्राण्ड स्टोरी २ः
नायिका श्वेता खड्काको परिचय यतिखेर कलाकारमा मात्र सिमीत छैन। उनी एक सफल व्यवसायी, निर्माता र समाजसेवीको नामले समेत परिचित छन्।
‘यहाँहरूलाई मेरो धेरै परिचय थाहा छ। मलाई गर्व लाग्छ एउटा कलाकार थिएँ। सँगै सानो व्यवसाय पनि गर्थेँ। आज यहाँहरूको मायाले यति धेरै मल्टिपल व्यवसायमा संलग्न भइरहेकी छु’, खड्काले बिएल नेपाली सेवाले सुरू गरेको ब्राण्ड स्टोरीसँग भनिन्।
जागीर खान हातमा बायोडाटा बोकेर धेरै आफन्त र चिनेजानेको अफिसमा धाएकी श्वेतालाई त्यो बेला कसैले पत्याएनन्। तर, उनलाई केही गरेर देखाउँने हुटहुटी चली नै रह्यो। अन्तत: एक पत्रिकामा छापिएको विज्ञापनबाट उनले जागीर पाइन् र काम सुरू गरिन्।
‘म हातमा बायोडाटा बोकेर धेरै आफन्त र चिनेजानेको मानिसका अफिसमा धाएकी थिएँ। तर, कही कतै जागीर पाइनँ। पछि कान्तिपुरमा छापिएका विज्ञापन हेरेर मैले चारवटा अफिसमा अन्तर्वार्ता दिएँ। चारैवटामा पास पनि भएँ। तीमध्ये जुन अफिसबाट पहिलो कल आएको थियो, म त्यसैमा ज्वाइन भएँ’, उनले खुशी हुँदै आफ्नो विगत सुनाइन्।

सुरूमा अफिसको रिसेप्सन सहयोगीको रूपमा काम पाएकी श्वेता भर्खर १७ वर्षकी थिइन्। उनले १०+२ पनि पूरा गरेकी थिइनन्। त्यसैले आफ्नो उमेर र योग्यता अनुसारको काम पाएकोमा उनी दंग परिन्।
उनले अफिसमा बसेर काम गर्न थालेपछि आफ्ना सिनियरहरूले गरेको कुराले उनको मन छोयो।
अफिसका सिनियरहरू मार्केटिङका क्रममा यो मान्छेलाई भेटेँ। आज यस्तो भयो, साइटको एक्टिभिटीहरू यस्ता यस्ता भए भनेर सुनाउँथे। उनलाई भने दिनभर अफिसमा बसेर काम गर्दा बोर लागिरहेको थियो। केही नयाँ कुरा सिक्न नपाइरहेकाले उनले त्यसको बाटो खोजिरहेकी थिइन्।
हामी विदेश नजाऔं स्वदेशमै केही गरौं। हरेक फिल्ड, हरेक ठाउँमा पैसा छ। यदि मेहनत गर्नसक्नुभयो र त्यसलाई चिन्न सक्नुभयो भने ।
-श्वेता खड्का
इन्टेरियरसम्बन्धी काम हुने प्रशान्त अग्रवाल र रिमा लामिछानेको कान्तिपुर ट्रेडर्स र ऐश्वर्या इन्टरनेशनलमा काम गरिरहेकी उनले एक महिनापछि नै आफू पनि बजारमा गएर काम ल्याउनेबारे बोसलाई जानकारी गराइन्।
‘उहाँहरू मेरो यो निर्णयबाट एक किसिमले खुशी हुनुभयो। अर्कोतिर उहाँहरूले सानै छौं तिमी गर्न सक्छौ र ? समेत भन्नुभएको थियो। त्यो मेरो लागि च्यालेन्ज थियो। त्यसैले सहजै जवाफ दिएँ -सक्छु’, उनले भनिन्।
त्यसपछि उनी मार्केटिङमा जाँदा उनको प्रफर्मेन्स, अनि मिटिङमा फलोअप गर्दा क्लाइन्टसँग साँच्चीकै गएको हो कि, उसले भनेको मात्र हो भनेर फलोअप क्रसचेक हुन्थ्यो। त्यतिखेर क्लाइन्ट र वनर्सहरूले श्वेताको राम्रो तारिफ गरेका थिए। उनले अफिसका लागि धेरै काम ल्याइन्। बोसहरू सरप्रसाइज भए।
बिस्तारै उनले आफूलाई व्यवसायमा ढाल्दै गइन्। धेरै कुरा सिक्ने मौका पाइन्। सामानको आयात निर्यात कसरी गर्ने?, कसरी एलसी खोल्ने, कसरी लगानी गर्ने, बैंकबाट कसरी लोन लिने ग्राहकसँग कसरी सम्झौता गर्नेलगायतका अधिकांश कुरा उनले यहीबाट सिकिन्।
उनले त्यहाँ व्यवसाय कसरी गर्ने भन्ने मात्र सिकिनन्, आफू पनि त्यस्तै सफल व्यवसायी बन्ने सपना पनि देख्न थालिन्।
‘मेरो कुरा पनि कसैले सुनिदिए हुन्थ्यो, मेरा पनि धेरै स्टाफ भइदिए हुन्थ्यो, म पनि सफल व्यवसायी बने हुन्थ्यो भन्ने सपना बुन्न थालेँ’, उनले आफ्नो विगत सुनाइन्।
त्यसपछि उनी जागिरे जीवन छोडेर आफै व्यवसाय गर्न तयार भइन्। ‘मेरो इच्छा जागीर खाने होइन। म आफैं व्यवसाय गरेर धेरै अगाडि बढ्नुछ। धेरै प्रोजेक्टमा काम गर्नुछ भनेर बोसलाई भने। उहाँहरूले पनि नाइ भन्न सक्नु भएन,’ उनले भनिन्।
त्यसपछि उनले आफ्नै अफिस सुरू गरिन्। त्यसबेला अफिसको छुट्टै रूम थिएन। उनीसँग काम गर्ने २-३ जना साथीलाई लिएर क्याफेमा जाने र ल्यापटप खोल्ने। टेन्डरहरू पेपरहरूबाट लिने, कोटेशनको तयारीसमेत क्याफेमै गएर गर्ने र रेट एनालाइसिस गर्नेसम्मको काम पनि क्याफेमै गएर कफी पिउँदै गर्न थालिन्।

आफूले जागीर खाँदै राम्रो पीआर बनाएकी थिइन्। धेरैजना आर्किटेक्ट ईन्जिनियर, कन्ट्याक्टर जो जसले विजनेश दिनुहुन्छ उनीहरूसँग श्वेताको राम्रो सम्बन्ध भइसकेको थियो। त्यसपछि उनको अफिसमा काम आउन थाल्यो। ‘अफिसलाई भन्दा पनि मलाई नै भनेर काम आउँथ्यो। गुड पीआर भएकाले मलाई केही गाह्रो भएन’, उनले भनिन्।
त्यसपछि उनले अफिस लिएर काम सुरू गरिन्। ‘एमआरएस इन्जिनियरिङ प्रालि नामक कम्पनी खोलेको १० वर्ष भयो। र, आजसम्म पनि हाम्रो कम्पनीलाई विश्वास गर्नुको एउटै कारण हो- अपग्रेड। हामी एकदमै अपग्रेड छौ,’ उनले भनिन्, ‘पहिलोपटक नेपालको वालसिस्टमको घरलाई ग्लासमा एक्सटेरियरको माध्यमबाट युनिक प्रोडक्ट नेपालमा लन्च गर्यौं। हामीले चलिरहेको भन्दा नयाँ कन्सेप्टलाई फलो गर्यौ र सफल भयौं।’
जुन ट्रेड अनुसारको इन्टेरियर, फर्निचर, एक्टेरियर प्रोडक्टहरू र विश्वकै ठूलो सेन्गोभेन कम्पनीको काम उनले नै पहिलोपटक नेपालमा गराउन सफल भइन्।
अरू देशमा जस्तै हामी पनि नेपालमा विश्वस्तरीय सेवाहरू किन गर्न सक्दैनौ ? भनेर उनले नेपाली बजारमा पनि यसको प्रयोग गरेर देखाइन्।
एमआरएस इन्जिनियरिङ प्रालि नामक कम्पनी खोलेको १० वर्ष भयो। र, आजसम्म पनि हाम्रो कम्पनीलाई विश्वास गर्नुको एउटै कारण हो- अपग्रेड। हामी एकदमै अपग्रेड छौ।
-श्वेता खड्का
उनी भन्छिन्, ‘त्यही अपग्रेडले गर्दा हामीलाई आजसम्म पनि आम उपभोक्ताले विश्वास गर्नुहुन्छ। र, अर्को कुरा काममा हाम्रो डेडिकेशन, टिमवर्क र क्लाइन्टसँगको निरन्तर सम्बन्ध एवं संवादले हामीलाई यो स्थितिमा पुर्यायो।’
कामप्रतिको इमान्दारिता, विश्वसनीयता र गुणस्तरीयताले गर्दा उनले भाटभटेनी, प्रभु बैंक, इन्द्रेणी ग्रुप, हामा टावर, राइजिङ मललगायत जति पनि नेपालमा बनिरहेका हाइराइज बिल्डिङ र अपार्टमेन्ट छन्, त्यहाँको ठूलो-ठूलो काम उनैले पाउँदै आएकी छन्।

नेपालको पहिलो ग्रिन बिल्डिङ गर्ने मौका पाएकी श्वेता आफ्नै आँट र आफूप्रतिको विश्वासले यो काम पाएको दाबी गर्छिन्।
‘मैले जति पनि काम पाएकी छु, त्यो सबै मेरो आफ्नै आँटले हो। त्यसका लागि मेरो कुनै पनि ब्याकअप थिएन। तर पनि मैले फ्रेन्च कम्पनीसँग प्रतिस्पर्धा गरेर काम हात पारेँ’, उनले आफ्नो आँट प्रस्तुत गरिन्।
सी कन्ट्रक्सन जस्ता ठूला विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न उनले भारतको दिल्ली एयरपोर्ट र कलकत्ताको एयरपोर्टको भिजिट गरिन्। अनि त्यो काम कसले गरेको भनेर अध्ययन अनुसन्धान गर्न थालिन्। त्यसरी आफैं खोज्दै जाँदा उनले कलकत्ताको एउटा राम्रो टिम भेट्टाइन्। त्यहाँको टेक्निकन असोसिएट टिम नेपाल आएर उनलाई सहयोग गर्न तयार भयो।
मैले जति पनि काम पाएकी छु, त्यो सबै मेरो आफ्नै आँटले हो। त्यसका लागि मेरो कुनै पनि ब्याकअप थिएन। तर पनि मैले फ्रेन्च कम्पनीसँग प्रतिस्पर्धा गरेर काम हात पारेँ।
-श्वेता खड्का
विदेशमा मात्र देखेको हाइराइज बिल्डिङ र अत्याधुनिक इन्टेरियरहरू अहिले नेपालमै भएको र त्यो काम श्वेताले गरेको थाहा पाए पछि धेरै जनाले मन पराएर उनलाई फोन गरेर प्रशंशा गरेको उनले सुनाइन्।
उनको कम्पनीले हस्पिटालिटी फिल्डमा पनि केही फरक दिइरहेको छ। जिम खोलिन् त्यो पनि युनिक भयो। होटल खोलिन् त्यस्तै सफलता हात पारिन्। उनी अहिले क्याफे बिजनेशमा छिन्। यो काम पनि धेरैले मन पराएका छन्।
‘मेरा जति पनि व्यवसाय छन् त्यसमा टाढाटाढाबाट आउने ग्राहक र फ्यानले तपाईँलाई भेट्न आएको भन्नुहुन्छ, तपाईँको कफी सपमा गएको छु, त्यहाँ कफी खाएको छु भन्नुहुन्छ। हरेक समय जति पनि डिफरेन्ट फिल्डको व्यक्तिहरू भेट्छु उहाँहरूले आफ्नो ब्राण्डको नाम लिँदा खुशी लाग्छ’, उनले भनिन्।
टफ व्यक्तिहरूसँग प्रतिस्पर्धा गरेर आफूलाई त्यो ठाउँसम्म पुर्याउँन सकेकोमा एकदमै सफल भएको अनुभूति हुन्छ।

जो कोही पनि जन्मदै केही जानेर आएको हुँदैन भन्दै उनले निरन्तरको संघर्ष र कडा मेहनतले आफूलाई यो स्थितिमा ल्याइपुर्याएको बताइन्।
‘मार्केटिङ गर्न सानो स्कुटर चढेर हिँड्ने श्वेता, त्यसपछि अपग्रेड गरेर सानो गाडीमा गएर क्लाइन्टको काम लिने श्वेता, अरूको घरमा भाडामा बसेर काम गर्ने श्वेता र आज आफ्नै भवन बनाएर एक सफल श्वेता यो सबै निरन्तर संघर्ष र कडा मेहेनतको प्रतिफल हो, उनी विनम्रतापूर्वक आफ्नो सक्सेस ब्राण्ड स्टोरी सुनाउँछिन्।
टेक्निकल्ली, ब्राण्ड र आर्थिक हिसाबले सबै कुरामा सक्सेस हुनु र मल्टिबिजनेशसँग पनि पार्टनरसिप गर्छु भनेर आँट गर्नु नै मेरो सक्सेस स्टोरीको राज हो।
-श्वेता खड्का
टेक्निकल्ली, ब्राण्ड र आर्थिक हिसाबले सबै कुरामा सक्सेस हुनु र मल्टिबिजनेशसँग पनि पार्टनरसिप गर्छु भनेर आँट गर्नु नै उनका लागि सबैभन्दा सक्सेस स्टोरी हो।
‘म यो जर्नीसम्म आउँदा जति पनि क्लाइन्टले विश्वास गर्नुभयो, उहाँहरूप्रति एकदमै आभारी छु। र फेरि फेरि पनि मलाई विश्वास गर्दै काम दिइरहुनु भएको छ। त्यो टिमवर्क नै हो। त्यो बेलामा काम गर्ने कन्ट्राक्ट टिमहरू अहिले पनि रिपिट हुनुहुन्छ। मसँग काम गर्ने टेक्निकल, सिभिल इन्जिनियर, प्रोजेक्ट मेनेजर, आर्किटेक्ट सबैजना आजसम्मको जर्नीमा पनि त्यही मेन्टेन छ। सायद यो सक्सेस मेरो स्टाफ टिमले गरेको मेहेनत र विश्वासको प्रतिफल हो। उहाँहरूले यति नगरिदिएको भए म सायद आज म यहाँ हुन्न थिएँ होला,’ उनले आफू सफल हुनुको यथार्थ बताइन्।

कोही पनि व्यक्ति एकै पटक धनी भएको होइन। कोही पनि व्यक्ति कामले एकैपटक सक्सेस भएको पनि होइन। उससँग हजारौं व्यक्तिहरू जोडिएका हुन्छन्। हजारौंले रोजगार पाएका हुन्छन्। धेरै व्यक्तिहरूको ब्राण्ड त्यहाँ जोडिएको हुन्छ।
मेरो एउटै कुरा यसरी ब्राण्ड स्टोरी टेलिङमा आफ्नो ब्राण्ड भनिरहँदा त्यहाँ धेरै व्यक्तिहरू अगाडि आउन सक्छन्। धेरै जनाले व्यवसाय गर्न सक्छन्। अनि एउटा मोटिभेसन हुन सक्छ। हामी विदेश नजाऔं स्वदेशमै केही गरौं। हरेक फिल्ड, हरेक ठाउँमा पैसा छ। यदि मेहनत गर्नसक्नुभयो र त्यसलाई चिन्न सक्नुभयो भने’, उनले जाँदा जाँदै भनिन्।
ब्राण्ड स्टोरी १
नेपाल टेलिकम
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया