मगन्तेहरू

रबि कँडेल

काठमाडौं

आजकल गाँउ-सहरमा
मगन्तेहरु बढेका छन
छाता ओढेर माग्दै छन
हात जोडेर माग्दै छन
हलो हजुर भन्दै माग्छन
भलो गर्छुनी भन्दै माग्छन
लौरो टेकेर मागेका छन
बाटो छेकेर मागेका छन
पर्चा थमाएर मागेका छन
खुट्टा समाएर मागेका छन
एक अर्कालाई गाली गर्छन
ढोकामै आएर पसारो पर्छन
मलाई मलाई भन्दै रुन्छन
अचम्म, हाम्रा कुरा पनि सुन्छन
म दानी बनेर यसै फुलेको छु
परार परारको दान भुलेको छु
तर,  यी माग्नेहरु
अब केही दिन यसैगरी कराउँछन
त्यसपछि सधैझैं वर्षौ हराउँछन
दानको खानपानमा मस्त रमाउलान
छोरा–नाती सम्मलाई पुग्ने कमाउँलान
फेरि पनि टोल-टोलमा माग्नेहरुको तमासा छ
तैपनि यिनले केही गर्लान् भन्ने फगत आशा छ। 

प्रकाशित मिति: : 2022-05-02 13:25:00

प्रतिकृया दिनुहोस्