रुपन्देहीको मर्चवारी गाउँपालिकामा एक उम्मेदवारको मृत्यु भएको छ।
मर्चवारी गाउँपालिका वडा नम्बर ३ काे नेकपा एमालेकी दलित महिला सदस्य पदकी उम्मेदवार कुसुमी पासीको मृत्यु भएको हो।
मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले यसबारे निर्वाचन आयोगमा जानकारी गराइसकेको बताए।
निर्वाचनबारे प्रकृया अघि बढेको समेत उनले बताए। सम्बन्धित वडाको सोही पदको लागि पुनः मनोनयन गरिए पनि निर्वाचनको मिति भने परिवर्तन नहुने उनले बताए।