बुटवलमा बाबुराम भर्सेस खेलराज : एमालेलाई साख जोगाउने चुनौती, गठबन्धन भने किल्ला भत्काउने दाउमा

पहिलोपोष्ट

रमेश पराजुली

आसन्न स्थानीय तहको निर्वाचनले रुपन्देही पनि रौनक बढेको छ। जिल्लाको एकमात्र उपमहानगरपालिका र सबैको केन्द्रबिन्दु रहेको बुटवलमा मेयर को जित्ला? सबैको चासोको विषय बनेको अहिले।

लुम्बिनी प्रदेशको अस्थायी राजधानी तथा राजनीतिक केन्द्रसमेत रहेको बुटवल एमाले र नेपाली कांग्रेसको जनाधार क्षेत्र हो। त्यसैले पनि बुटवल उपमहानगरमा यसपटक पनि नेकपा एमाले र सत्ता गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ। यिनै दुई दलमध्ये कुनै एकले बुटवल उपमहानगरको नेतृत्व हत्याउने आँकलन हुन थालेको छ। हाल बुटवल उपमहानगरको नेतृत्व नेकपा एमालेको हातमा छ। तर, पार्टी विभाजन भइसकेका कारण आसन्न निर्वाचनमा एमालेले आफ्नो विरासत जोगाउला कि गुमाउला? चियागफ यही विषयमा हुनेगर्छ।

बुटवल उपमहानगरमा नेकपा एमालेले बाबुराम भट्टराईलाई मेयरको उम्मेदवार बनाएको छ भने, सत्ता गठबन्धनबाट कांग्रेस नेता खेलराज पाण्डे साझा उम्मेदवार छन्। बाबुराम र खेलराजबीचको भिडन्त चाखपूर्ण हुने देखिन्छ। भट्टराई र पाण्डे दुबै स्याङ्जाबाट बुटवल झरेर राजनीतिमा होमिएका हुन्।

बुटवलमा एमाले विगतको विरासत जोगाउन लागिपरेको छ भने, कांग्रेस एमालेलाई पराजित गरि नेतृत्व फर्काउन कस्सिएको छ। उपमेयरतर्फ एमालेले पार्टीका केन्द्रीय सदस्य सावित्रा अर्याललाई उम्मेदवार बनाएको छ भने, गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता चीनबहादुर गुरुङलाई साझा उम्मेदवार बनाएको छ।

प्रकाशित मिति: : 2022-05-02 11:13:00

प्रतिकृया दिनुहोस्