भोट माग्न आएका एमाले उम्मेदवारले मन्त्री आलेकै आमालाई पैसा दिएर हिँडेपछि ...

लोकान्तर

काठमाडौँ

गाउँगाउँमा स्थानीय चुनावको माहोल जोडतोडले तातिरहेका बेला उम्मेदवारहरू भोट आकर्षित गर्न अनेक हतकण्डा अपनाउन व्यस्त छन् । चुनावी घरदैलोका क्रममा उम्मेदवारहरू मतदाता प्रभावित पार्ने खालका गतिविधि मात्र हैन, पैसा बाँडेर भोट आकर्षित गर्ने होडबाजीमा समेत लागेका छन् ।

यहाँसम्म कि बहालवाला मन्त्रीकै बयोवृद्धा आमाले नै एक उम्मेदवारले भोट माग्न आउँदा आफूलाई पैसा दिएर गएको खुलासा गरेकी छिन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको डोटीस्थित घरमा पुग्दा उनकी आमाले आफूलाई एमालेका उम्मेदवारले भोट माग्न आउँदा पैसा दिएर हिँडेको खुलासा गरेकी हुन् ।

प्रकाशित मिति: : 2022-04-30 18:49:00

प्रतिकृया दिनुहोस्