‘बुढानीलकण्ठबासीको रोजाइँमा छु, चुनाव जित्ने पक्का छ’

मदन नेपाली

काठमाडौं
Breaknlinks
Breaknlinks

तीन दशकभन्दा बढीको राजनीतिक अनुभव बटुलेकी अनिता लामा बुढानीलकण्ठ नगरपालिकाको उपप्रमुखकाे उम्मेदवार हुन्। उनी २०४६ सालदेखि राजनीतिको अनवरत यात्रामा छिन्।  

नेकपा एमालेको टोल कमिटी सदस्यबाट सुरु भएको अनिताको राजनीतिक यात्रा अहिले आएर बुढानीलकण्ठको उपप्रमुखको उम्मेदवारीसम्म आइपुगेको छ। यसबीचमा उनी अखिल नेपाल महिला संघको वडा कमिटी सदस्य हुँदै संघको केन्द्रीय सदस्य बनिन्, युवा संघको केन्द्रीय सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख भएर तीन कार्यकाल पुरा गरिन्, पार्टीको निर्वाचन क्षेत्र- ५ को क्षेत्रीय सदस्य हुँदै एमाले जिल्ला कमिटी सदस्य भइन् । युवा, महिला र पार्टी तीनै मोर्चामा रहेर उनले आफूलाई अब्बल सावित गरिन्। 

करिब ३४ वर्षदेखि पार्टीको विभिन्न तह र तप्कामा रहेर काम गरेकी अनिताले पार्टी कामकै शिलशिलामा देशभित्र मात्र हैन, देश बाहिरका दर्जनौँ कार्यक्रम तथा गोष्ठीमा भाग लिएकी छन्। पार्टी राजनीतिसँगै आफ्नो अध्ययनलाई पनि अघि बढाएकी अनिताले स्नातकाेत्तर उत्रीर्ण गरेकी छन्।

पार्टीको विभिन्न तहमा रहँदाखेरी नै बुढानीलकण्ठको विकास र यहाँको नागरिककाे जीवनस्तरलाई माथि उकास्न अनिताको लामो भूमिका रह्यो।

सडकको कालोपत्रेदेखि ढल बनाउने कार्यमा अनिता आफैँ अग्रसर भएर लाग्ने गरेकी थिइन्। त्यतिमात्र नभएर कोरोना महामारीका बेला मानिस घरबाट निस्कन सक्ने अवस्था थिएन, तर अनिता रातादिन रोगीलाई औषधी र भोकालाई भोजन बाँड्न आफैँ घरदैलोमा पुग्ने गरेकी थिइन्।

विश्व सम्पदा सूचीमा रहेको बुढानीलकण्ठलाई टलक्क टल्काउन र हिलाम्मे-धुलाम्मे सडकलाई कालोपत्रे बनाउने काममा समेत अनिता आफैँ लागी परेकी थिइन्।

‘पार्टी र बुढानीलकण्ठबासी नै मेरा परिवार हुन्’ भन्ने लामो यसअघि कुनै पदमा नहुँदा पनि सेवा गरिरहिन्। तर अनिताले अहिले पार्टीको तर्फबाट उम्मेदवारी दिएर अब प्रत्यक्ष रुपमा सेवामा लाग्ने अठोट गरेकी छन्। ‘नगरबासीकाे सेवाका लागि मैले धेरै काम गरिकी छु। बुढानीलकण्ठवासीको रोजाइँमा छु, चुनाव जित्ने पक्का छ’, उनी भन्छन्। 

विश्व सम्पदा सूचीमा रहेको बुढानीलकण्ठको विकास र नगरबासीकाे आवश्यकता पुरा गराउन सक्ने क्षमता भएकै कारण आफूलाई पार्टीले उठाएको अनिताको भनाइ छ।

‘मेरो भन्नु नै पार्टी हो र मेरा परिवार भनेकै बुढानीलकण्ठ नगरबासी हुन्। मैलै मेरो परिवारलाई सुखी र नगरलाई विकासाेन्मुख बनाउने छु। मलाई तपाईंहरुको साथ चाहियो’ यही शब्दलाई दोहोर्याउँदै अनिता अहिले नगरबासीको दैलोमा पुग्ने गरेकी छन्।

अनिताको भिजन देखेर बुढानीलकण्ठबासी पनि उनैको पक्षमा देखिएका छन्। ‘बुढानीलकण्ठलाई चिनेकी अनिताले धेरै गर्नेछन् भन्ने हाम्रो विश्वास छ’, बुढानीलकण्ठका सुरेन्द्र खत्रीले भने, ‘यसपटक मेरो भोट यिनै नानीलाई हुनेछ।’

छरछिमेक र नगरभित्र केही पर्यो कि कुदिहाल्ने अनिताको लगाब देखेरै होला बुढानिलकण्ठबासी उनको उम्मेदवारीले निकै उत्साहित छन्।

‘हिजो महामारी आयो, भाेकमरी लाग्यो, केही समस्या छ कि भन्दै अनिता आएकी थिइन्। आज उनी हाम्रो अभिभावक बन्न लागेको देख्दा खुशी लाग्यो। यो पटकको भोट अनितालाई नै दिनेछु म त। भए अरुलाई पनि मैलै त्यसैगरी भन्ने छु’, बुढानीलकण्ठकी लक्ष्मी न्यौपानेले भनिन्।

यसो त बुढानीलकण्ठ एमाले पार्टीको गढ नै हो भन्ने गरिन्छ। त्यसमा पनि यसअघिको स्थानीय चुनावमा सर्वाधिक मत ल्याएर जितेको एमालेले बुढानीलकण्ठ नगरले चित्त बुझ्दो विकास गरेको भन्दै यसपटक पनि एमालेकै जित हुने चर्चा चलेको छ।

प्रकाशित मिति: : 2022-05-01 22:21:00

प्रतिकृया दिनुहोस्