समग्र जुम्लामा कहाँ कसले उम्मेदवारी दिए ?

Breaknlinks
Breaknlinks

जुम्लाका सबै स्थानीय तहमा जिल्लामा क्रियाशील पार्टीहरुले उम्मेदवारी दर्ता गराएका छन्। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जुम्लाले केही पालिकामा आइतबार उम्मेदवारी दर्ता गराए पनि अधिकांश दलहरुले साेमबार उम्मेदवारी दर्ता गराएका छन्। दलबल र बाजागाजासहित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतकाे कार्यालयमा  गई दलहरुले उम्मेदवारी दर्ता गराएका हुन्।

जिल्लामा एक नगरपालिका र आठ वटा गाउँपालिका छन्। ती सबै स्थानीय तहमा भएकाे उम्मेदवारी यस प्रकारकाे छ।

नेपाली कांग्रेसको तर्फबाट चन्दननाथ नगरपालिकाको मेयरमा अधिवक्ता पदम शाहीले मनोनयन दर्ता गराएका छन् भने उपमेयरमा रामदेवी खड्काले उम्मेदवारी दर्ता गराएकी हुन्।

मेयर पदका उम्मेदवार शाही कानुन व्यवसायी समेत हुन्। नेपाल बार एसाेसियसनकाे केन्द्रीय समितिमा समेत काम काम गरिसकेका उनी काँग्रेसकाे राजनीतिमा समेत सक्रिय थिए।

उपमेयर पदकी उम्मेदवार रामदेवी खड्का सफल व्यवसायी हुन्। लामो समयदेखि राजनीति सँगसँगै जुम्लामा व्यवसाय गर्दै आएकी उनी गएकाे काँग्रेस महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेकी थिइन।

मेयर पदका उम्मेदवार शाही पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका हुन भने उपमेयर खड्का काँग्रेस नेता रामचन्द्र पौडेल मानिन्छन्। 

त्यस्तै नगरपालिकामा नेकपा (एमाले)बाट मेयरमा धर्मेन्द्र रोकायाले मनोनयन दर्ता गराएका छन् भने उपमेयरमा मेनका रेग्मीले मनोनयन दर्ता गराएकी छन्।

२०७४ सालमा नेकपा (एमाले)को तर्फबाट उपमेयरमा रेग्मी उम्मेदवार बनेकी थिइन्। यस्तै युवा नेता रोकायाले मनोनयन दर्ता गर्दा आम नगरबासीलाई मतदान गर्न चाहना जागृत गरेको बताएका छन्।

नेकपा (माओवादी केन्द्र)बाट मेयरमा युवा नेता जीवन बुढा थापाले मनोनयन दर्ता गराएका छन् भने उपमेयरमा पूर्णिमा विक (रचना)ले मनोनयन दर्ता गराएकी छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मेयरमा पूर्णसिंक कठायत उम्मेदवार बनेका छन् भने उपमेयरकाे उम्मेदवार गीता शाही बनेकी छन्। राप्रपाका उम्मेदवारले मनाेनयन दर्ता गराउनुभन्दा पहिला चन्दननाथ मन्दिर गई भ्रष्टाचार गर्नु भनेकाे आमाकाे रगत खानु बराबर हाे भनेर भ्रष्टाचार नगर्ने कसम खाएका थिए।

नेकपा (एकिकृत समाजवादी)बाट मेयरमा जयलक्ष्मी चौलागाई र उपमेयरमा भीमबहादुर थापाले मनोनयन दर्ता गराएका छन्।

यसअघि  नेमकिपाबाट मेयरमा जयकृष्ण धराला र उपमेयरमा हस्तना न्याैपानेले उम्मेदवारी दिएका छन्।

तिला गाउँपालिका जुम्लाको अध्यक्षमा नेकपा एमालेबाट रेशमबहादुर शाहीले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन्। 'समान कामको समान ज्याला, श्रमलाई नगरौँ हेला, १–१२ निःशुल्क र अनिवार्य शिक्षा, नेकपा एमालेको सदिक्षा' भन्ने नाराका साथ मनोनयन दर्ता गराएको उनले बताए।

त्यस्तै नेकपा एमालेबाट उपाध्यक्षमा जुनमाया बोहोराले उम्मेदवारी दिएकी छिन्। तिलामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा मोतिलाल रोकायाले उम्मेदवारी दिएका छन् भने नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा एकराज चौलागाई र उपाध्यक्षमा सुस्मा श्रेष्ठले मनोनयन दर्ता गराएका छन्।

तातोपानी गाउँपालिको अध्यक्षमा नेकपा एमालेबाट अध्यक्ष पदमा सुरतबहादुर शाही र उपाध्यक्षमा ज्वाला चौलागाईले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा पार्टी अध्यक्ष वीरवहादुर कुँवर र उपाध्यक्षमा रेउती रावल (सीमा)ले मनोनयन दर्ता गराएका हुन्।

तातोपानीमा काँग्रेसबाट अध्यक्षमा नन्दप्रसाद चौलागाई र उपाध्यक्षमा बिन्दु अधिकारीले मनोनयन दर्ता गराएका छन् भने नेकपा एकिकृत समाजवादीबाट अध्यक्षमा हिमालय खत्री र उपाध्यक्षमा नारायणी चौलागाईल मनोनयन दर्ता गराएका हुन।

पातारासी गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट अध्यक्ष पदमा सुकराम रावत र उपाध्यक्षमा खम्मेनी महताराले मनोनयन दर्ता गराएका छन् भने नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा हरिबहादुर बुढा (सुशील) र उपाध्यक्षमा जुनमाया रोकायाले मनोनयन दर्ता गराएका छन्।

गुठीचौरमा नेकपा एमालेबाट अध्यक्षमा झुनमाया जैशी र उपाध्यक्षमा प्रेम बुढाले मनोनयन दर्ता गराएका छन्। नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा हरिबहादुर भण्डारी र उपाध्यक्षमा राजकन्या बुढाले मनोनयन दर्ता गए।

२०७४ को स्थानीय तहको निर्वाचनबाट नेकपा माओवादी केन्द्रका भण्डारी अध्यक्ष पदमा निर्वाचित भएका थिए।

पुन: अध्यक्षमा मनोनयन दर्ता गराउनको लागि भण्डारीले पदबाट राजीनामा दिएका थिए। त्यसै गुठीचाैरमै नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा लाेकप्रिय युवा नुचा दानबहादुर बुढा र उपाध्यक्षमा सुमन बुढा (बस्नेत)ले मनोनयन दर्ता गराएका छन्।

यस्तै नेपाल मजदुर किसान पार्टीबाट अध्यक्षमा राजबहादुर अधिकारी र उपाध्यक्षमा धनकन्या उपाध्यायले उम्मेदावारी दर्ता गराएका छन् भने नेकपा एकिकृत समाजवादीबाट अध्यक्षमा जनक थकाली र उपाध्यक्षमा शान्ति कुमारी मल्ल (भण्डारीले) मनोनयन दर्ता गराएका हुन्।

हिमा गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का जयबहादुर खत्री र उपाध्यक्षमा भागिरती शाहील मनोनयन दर्ता गराएका छन् भने नेपाली काँग्रेसबाट हिमा गाउँपालिका अध्यक्षमा लक्ष्मण शाही र उपाध्यक्षमा सम्पूर्णा शाहीले मनोनयन दर्ता गराएका छन्। नेकपा (एकिकृत समाजवादी)बाट अध्यक्षमा भैबहादुर रोकाया र उपाध्यक्षमा देवु शाहीले मनोनयन दर्ता गराए।

कठायत अघिल्लो निर्वाचनमा तीन मतले पराजित भएका थिए।

सिंजा गाउँपालिका नेकपा (एमाले)बाट अध्यक्षमा सुमन आचार्य र उपाध्यक्षमा कल्पना बुढाले उम्मेदवारी दिएका छन्। नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षमा पूर्णप्रसाद धिताल र उपाध्यक्षमा सितली रोकायाले उम्मेदवारी दिएका हुन्। यस्तै नेपाली काँग्रेसबाट अध्यक्षमा नन्दराम बुढा र उपाध्यक्षमा रजनकला शाही उम्मेदवार बनेका छन्।

सिंजामा नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा कमल खत्री र उपाध्यक्षमा हिमाली भण्डारी (नेपाल)ले मनोनयन दर्ता गराएका छन्। नेमकिपाबाट अध्यक्षमा कन्नी रावत र उपाध्यक्षमा रणबहादुर रोकायाले मनोनयन दर्ता गराएका छन्।

कनकासुन्दरी गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का मानबहादुर रोकाया र उपाध्यक्षमा देवीसिता बुढा (रावत)ले मनोनयन दर्ता गराएका छन् भने नेपाली काँग्रेसबाट अध्यक्षमा दमोदर आचार्य र उपाध्यक्षमा प्रेमकली बुढाले मनोनयन दर्ता गराएका छन्।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा धनबहादुर बुढा र उपाध्यक्षमा रीता खत्रीले उम्मेदवारी दिएका छन्। नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा रणबहादुर रोकाया र उपाध्यक्षमा धनरुपा बुढाले मनोनयन दर्ता गराएका छन् भने नेमकिपाका माधव काफ्लेले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति: : 2022-04-26 08:09:00

प्रतिकृया दिनुहोस्