तनहुँमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
सोमबार बिहान जिल्लाको आँबखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट रुपन्देहीको तिनाउ नगरपालिका–११ का २१ वर्षीय सागर कुँवर क्षेत्री लागूऔषधसहित पक्राउ परेका हुन्।
सुनौलीबाट पोखरा आउँदै गरेको बसमा चेकजाँचको क्रममा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी युवराज खड्काले बताए।
उनको साथबाट १५० एम्पुल डाइजेपाम, १५० एम्पुल फेनरागन र १५० एम्पुल ब्रोनोरफोनसहित ४५० एम्पुल लागूऔषध बरामद गरिएको छ। उनले झोलामा लागूऔषध लुकाएर ल्याएका थिए।