काभ्रेको नमोबुद्धमा मेयरका आकांक्षी रोशन पाण्डे कुटिए

फाइल तस्विर
फाइल तस्विर

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा टिकट वितरणका क्रममा विवाद हुँदा नेपाली कांग्रेसबाट मेयरका दाबेदार रोशन पाण्डे कुटिएका छन्। उनलाई कांग्रेसकै अर्का आकांक्षी कुन्साङ लामाले कुटपिट गरेका हुन्।

आइतबार साँझ बनेपा भिलेज रिसोर्टमा गठबन्धनको बैठक बसिरहेका बेला लामाकाे समूहले अकस्मात कुटपिट गरेकाे पाण्डेले बिएल नेपाली सेवासँग बताएका छन्।

कुटपिटबाट सामान्य घाइते भएका पाण्डे उपचारपछि आफूमाथि कुटपिट गर्ने समूहलाई कारबाहीकाे माग गर्न उजुरी लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा पुगेका छन्।

‘चुनावबारे रिसाेर्टमा बसेर छलफल गरिरहेका बेला कुन्साङ लामाका केही गुण्डाहरू बाहिरबाट आएर ममाथि कुटिपट गरेका छन्,’ पाण्डेले भने, ‘म अस्पतालमा सामान्य उपचार गरी प्रहरीमा उजुरी गर्न जाँदैछु।’

उनीमाथि कुटपिट गर्ने कुन्साङ लामाकाे समूह अहिले फरार रहेकाे छ।

प्रकाशित मिति: : 2022-04-24 21:29:00

प्रतिकृया दिनुहोस्