यस्ताे छ एमालेकाे नयाँ केन्द्रीय कार्यालय (तस्बिरहरु)

Breaknlinks
Breaknlinks

नेकपा (एमाले) को केन्द्रीय कार्यालय आजबाट औपचारिकरुपमा ललितपुरकाे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सरेकाे छ।

नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति भवनबाट सञ्चालन गरेको हो।

थापाथलीमा भाडामा रहेको केन्द्रीय कार्यालय आजदेखि आफ्नै भवनमा सरेको हो।

गत २०७२ को महाभूकम्प पछि बल्खुबाट धुम्वाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा सरेको एमाले केन्द्रीय कार्यालय एक वर्षअघि थापाथलीमा सरेको थियो। थापाथलीस्थित भवन साँघुरो भएपछि एमाले केन्द्रीय समितिको दोस्रो बैठकले केन्द्रीय कार्यालय च्यासलमा सार्ने निर्णय गरेसँगै आज औपचारिक उद्घा‍टन भएको हो।

प्रकाशित मिति: : 2022-04-22 13:26:00

प्रतिकृया दिनुहोस्