बिएल संवाददाता
नेकपा (एमाले)ले स्थानीय तहकाे निर्वाचनका लागि आज (शुत्रकार) घोषणापत्र सार्वजनिक गर्दैछ।
च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन्।
पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन्। घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गर्ने छन्।
घोषणापत्रलाई निर्वाचनमा महत्वपूर्ण मानिन्छ, जहाँ दलको प्रतिबद्धतासँगै पाँच वर्षे नीति तथा कार्यक्रमको स्पष्ट खाका हुन्छ। दलका प्रतिनिधि निर्वाचनबाट निर्वाचित भएको अवस्थामा उक्त घोषणापत्रलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ।
यसअघि एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायत दलहरुले घाेषणापत्र/प्रतिवद्धतापत्र सार्वजनिक गरिसकेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया