माथि मिलेको तर तल नमिलेको गठबन्धन, कसरी छेकिएलान् ‘वागी’हरू?

आयोमेल

धैर्यकान्त दत्त

लामो रस्साकस्सी र खिचातानीका बीच पाँच दलीय सत्तारुढ गठबन्धनले बुधबार अन्ततः महानगर र उपमहानगर भागबण्डाको टुंगो लगायो।

महानगर र उपमहानगर बाँडफाट गर्न यसबीचमा कैयौंपटक गठबन्धनको बैठक बस्यो। तर, हरेकपटक कुनै नकुनै ‘लफडा’ का कारण घटक दलहरू बाँडफाटको सहमतिमा पुग्न सकिरहेका थिएनन्।

स्थानीय तह चुनावमा एमालेलाई परास्त गर्न एकमात्र विकल्प देखेका पाँच दल गठबन्धन गर्न यसरी जोसिएका थिए कि मंगलबार २ बजे रातिसम्म उनीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटे। अबेर रातिसम्म भएको बैठकले पनि कुनै निष्कर्ष दिन सकेन। र, अन्ततः बुधबार दिउँसोको बैठकबाट उनीहरू महानगर र उपमहानगर बाँडफाट गर्ने सहमतिमा पुगे।

प्रकाशित मिति: : 2022-04-21 22:11:00

प्रतिकृया दिनुहोस्