दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
बुधबार एक कार्यक्रमकाबीच जिल्ला अदालत घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। कार्यालयको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका नरुलाल चौधरीले निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सबै लाग्नुपर्ने बतए।
अघिल्लो ०७४ को निर्वाचनमा जस्तो यस पटक निर्वाचनलाई बहिष्कार नै गरेर डरत्रास सृजना गर्ने पार्टी नभएको उनको भनाइ छ। जसले निर्वाचन भयरहित र लोकतान्त्रिक रुपमा हुने उनले विश्वास ब्यक्त गरे।
कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचन शान्त रुपमा बनाउन राजनीतिकि दलहरुको भूमिका हुने बताए। अघिल्लो ०७४ मा खुल्ला ठाउँमा समेत मतगणना भएको स्मरण गर्दै उनले यस पकट पनि सोहि वातावरण गराउन सबैको साथ आवश्यक हुने उल्लेख गरे।
यस्तै मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले निर्वाचन निष्पक्ष, भयरहित, पारदर्शी तथा विश्वसनीय बनाउन आफू सधैं तत्तपर रहेको भन्दै जसका लागि सबैले साथ दिनुपर्ने धारणा राखे।
उनले राजनीतिक दलहरुलाई आचारसंहिता उल्लंघन नगर्न पनि आग्रह गरे।