कपिलवस्तुको बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित समसेर दल गण भित्र गोली चल्दा एक महिला घाइते भएकी छन्।
गोली लागेर एक महिला सिपाही गम्भीर घाइते भएकी हुन्। बुधबार साँझ ७ बजे भएको गोली प्रहारबाट कोपिला राजवंशी नाम गरेकी सिपाही घाइते भएकी स्रोतले बताएको छ।
स्रोतको अनुसार घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भई रहेको बताइएको छ। घटनाको विषयमा प्रहरीले कुनै तथ्य सार्वजनिक गरेको छैन। प्रहरीले घटनाको विषयमा पछि जानकारी दिने बताएको छ।