आजदेखि भृकुटीमण्डपमा सुरू भयाे ‘क्यान इन्फोटेक’ सम्मेलन (भिडियाे रिपाेर्ट)

कम्प्युटर एसोसिएसन नेपाल, महासंघ (क्यान महासंघ)को २७औं ‘क्यान इन्फोटेक’ सम्मेलन भृकुटीमण्डप आज (बुधबार)देखि सुरु भएको छ। सम्मेलनको उद्घाटन सञ्चारमन्त्री ज्ञनेन्द्रबहादुर कार्कीले गरेका हुन्।

आईएमई पे'को प्रायोजन रहेका सो सम्मेलनमा विभिन्न डिजिटल सामानहरु बिक्रीको लागि १ सय ७० वटा स्टल राखिएको छ। जसमा डिजिटल प्लाटफर्मका अत्याधुनिक सामाग्रीहरुको बिक्री वितरणको लागि राखिएकाे छ।

सम्मेलनको पहिलो दिन आज सयौं मानिसहरुले अवलोकन गरेको कम्युटर एसोसिएसन महासंघका महासचिव नारायण थापाले बताए।

‘आजबाट सम्मेलन विशेष रुपमा सुरु भएको छ, जहाँ विश्वबजारका अत्याधुनि सामानहरु समावेश छन्,’ उनले भने,‘आज पहिलो दिन मानिसहरुको उत्साहजक सहभागीता रह्याे।’

यस सम्मेलनमा आउने मानिसहरु फरक-फरक किसिमका हुने र उनीहरुको चाहनाअनुरुप अधिक सामानहरु उपलब्ध रहेको उनको दाबी छ।

सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनी क्यान इन्फोटेक भएको महासंघको दाबी छ।

सम्मेलन यही वैशाख १२ गतेसम्म चल्नेछ।

प्रकाशित मिति: : 2022-02-04 12:00:00

प्रतिकृया दिनुहोस्