फरक स्वरूपमा नेटवर्किङ व्यवसाय, तालिमपछि रोजगारीका नाममा ठगी धन्दा

कञ्चनपुरमा एक इन्स्टिच्युट रोजगारी दिन्छु भन्दै युवायुवतीलाई ठगी गरिरहेको पाइएको छ। कैलालीको भजनीमा मुख्य कार्यालय रहेको महुन्याल एजुकेसन एन्ड टेक्निकल इन्स्टिच्युट प्रा.लिको महेन्द्रनगरस्थित शाखाले युवायुवतीहरूलाई झुक्याएर ठगी गरिरहेको पाइएको हो।

भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोकमा रहेको शाखाले बेरोजगार युवायुवतीलाई जागिर दिन्छु भन्दै तालिम दिने र फिल्डमा खटाएर रोजगारी नदिएर ठगेको भन्दै पीडितहरूले गुनासो गरेका छन्।

पैसा तिरेर तालिम लिएर फिल्डमा खटिएका युवायुवती यतिबेला घरको न घाटको भएका छन्। चर्को शुल्क असुलेर इन्स्टिच्युट एकातिर तोकिएको समयसम्म तालिम नदिएको र अर्कोतिर तालिमका लागि ग्राहक खोज्न गाउँगाउँमा पठाएर काम गर्न नसकेको भन्दै पैसा नदिएर श्रम शोषणसमेत गरिरहेको पीडितहरूले बताएका छन्।

प्रकाशित मिति: : 2022-04-19 19:03:00

प्रतिकृया दिनुहोस्