क्रिप्टोको लतमा युवाहरु : बिबिएस पढ्दै गरेका युवकको एक वर्षमा ३५ करोड रुपैयाँभन्दा बढी कारोबार, ५ हजार तिरेर काट्थे कपाल!

पहिलोपोष्ट

काठमाडाैँ

२२ वर्षीय सामान्य युवकले यति ठुलो रकमको कारोबार गरेको होला भन्ने प्रहरीले कल्पना समेत गरेको थिएन। तर प्रहरीले विभिन्न कोणबाट गरेको अनुसन्धानले उनै तिर कारोबारको संकेत गरिरहेको थियो। त्यसपछि खुसीबजारको प्राइम कलेजमा बिबिएस पढिरहेका २२ वर्षीय अनुप मिश्र प्रहरीको निशानामा परे।

झापा बिर्तामोड नगरपालिका घर भएका मिश्र अध्ययनको लागि भन्दै काठमाडौंको स्रोहखुट्टेमा कोठा भाडामा लिएर बसेका थिए। महानगरीय अपराध महाशाखाको टोलीले युवक मिश्रको खातामा अस्वाभाविक रकम देखि पछि अनुसन्धान अगाडी बढाएको थियो। करिब एक महिनाको अनुसन्धानपछि मिश्र शनिवार समातिएका थिए।

क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा प्रहरीले मिश्रलाई समात्यो। अनुपले ३५ करोड ४६ लाख ८३ हजार रुपैयाँ कारोबार गरेको देखियो। उनले क्रिप्टोकारोबारको लागि ब्यालेन्स एकाउन्ट खोलेर विभिन्न २० वटा क्रिप्टोकरेन्सीहरु जम्मा गरी कारोबार गरेको देखिएको छ। एक वर्षको अवधिमा नै उनले ३५ करोड रुपैयाँ भन्दाबढी कारोबार गरिसकेका थिए। अनुपले आफ्नो नभएर दाइको नाममा समेत खाता खोलेर कारोबार गरेका थिए। सन् २०२१ मे देखि कारोबार गरेको खुलेको छ। उनले छोटो समयमा नै लाखौं रुपैयाँ कमाइ सकेका थिए।

प्रकाशित मिति: : 2022-04-19 18:47:00

प्रतिकृया दिनुहोस्