जलजला गुराँस मेला- २०७९ भव्यताको साथ सम्पन्न 

जलजलामा गुराँस मेला- २०७९ भव्य रुपमा सम्पन्न भएको छ।

रोल्पा जिल्लाको प्राकृतिक रुपमा मनोरम रहेको जलजलामा नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको मेला भव्य रुपमा सफल भएको आयोजकले जनाएको छ।

मेलामा गीतहरुमा जलजला, गुराँससँग कविता, प्रत्यक साँझ अन्ताक्षरी, जलजलासँग जलजला र जलजला गुरिल्ला ट्रेकका सेसनहरु राखिएको थियो।

धार्मिक तथा पर्यटकीय क्षेत्र जलजलामा भएको विभिन्न कार्यक्रम अन्तर्गत जलजलासँग जलजला सेसनमा नेपाल मगर सङ्गका उपाध्यक्ष एवं जिल्ला समन्वय समिति रोल्पाका सदस्य धनबहादुर पुन कृतिमान, रोल्पा परिवर्तन गाउँपालिका उपाध्यक्ष हितकुमारी बुढामगर र नेपाल पत्रकार महासंघका केन्द्रीय पार्सद मौसम रोकामगरले बहस गरेका थिए। जसमा सहजीकरण साहित्यकार एवं पत्रकार नवीन अभिलाषीले गरेको थियो।

दोस्रो सेसनमा जलजला विशेष गीत जनवादी कलाकार मोहित श्रेष्ठ र पबि पुन मगरले ‘देखेर तिमीलाई प्यारो जलजला’ गीतको बोल लगायतका गीतहरु गाएर महोत्सवको रौनक बढाएको थियो। कार्यक्रमको सहजीकरण युवा कवि बिष्णु सन्यासले गरेको थिए। तेस्रो सेसन गुराँससँग कविता अन्तर्गत रोल्पालगायत छिमेकी जिल्ला चर्चित कविहरुले आ–आफ्ना कविताहरु वाचन गरेका थिए।

त्यस्तै तेस्रो सेसन अन्तर्गत ‘गुराँससँग कवितामा एलबी मगर, नयाँ वर्ष कविता छबिलाल कोपिला, दिलकुमारी बुढा मगर, प्रेमप्रकाश मायालु, आशिष कल्प वृक्ष, नवीन अभिलाषी प्रस्तुति दिएका थिए। भने, बोमजी अवतार मगर खाम भाषाको कविता, दिपक समीर दाङ, पबि पुन मगर रोल्पाले, ग्रिस पुन मगर थबाङ कविहरुले सुन्दर कविताहरु वाचन गरेका थिए। कार्यक्रमको सहजीकरण युवा कवि बिष्णु सन्यासले गरेका थिए।

चैत ३० गते साँझ सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाको बिचमा दोहोरी प्रतियोगिता सम्पन्न भएको थियो जसमा सुनछहरी गाँउपालिकाको समुह विजयी हासिल गरेका थिए। त्यसैगरी लोक तथा दोहोरी गीत प्रतियोगिताको निर्णायक टोलीमा जनवादी गायक मोहित श्रेष्ठ र समाजसेवी ग्रिस पुनमगरले गरेका थिए।

रोल्पा, जलजला पर्यटन विकासको प्रबर्द्धनका लागि आयोजना गरिएको जलजला गुराँस मेला भब्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रमको समपानमा अध्यक्ष पुन मगरले भने,‘कार्यक्रम सफल बनाउन सम्पूर्ण सहभागी तथा सहयोगी संघ संस्था लगायत व्यक्तिहरुलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।’

कार्यक्रममा आमन्त्रित जलजलासँग जलजला बहसमा नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष एवं जिल्ला समन्वय समिति रोल्पाका सदस्य धनबहादुर पुन (कृतिमान), रोल्पा परिवर्तन गाउँपालिका उपाध्यक्ष हितकुमारी बुढा मगर र नेपाल पत्रकार महासंघका केन्द्रीय पार्सद मौसम रोका मगरलगायत सम्पूर्ण पत्रकार, साहित्यकार, गीतकारले आ–आफ्नो प्रस्तुतिसहित मन्तव्य दिएका थिए।

धार्मिक तथा पर्यटकीयस्थल जलजला कार्यक्रम गर्नुको अत्यन्त अर्थपूर्ण र सफल भएको बताउँदै कार्क्रमद्वारा जलजलाको थप प्रचारप्रसार र पर्यटन प्रवर्धनमा सहयोग पुगेको बताए।

कार्यक्रममा काठमाडौं, नेपालगञ्ज, दाङबाट श्रष्टाहरु तथा पर्यटकहरुको उपस्थिति थियो। कार्यक्रम अवधिभर न्यानो आतिथ्यसँगै मिठो खानपिनको व्यवस्थापन थबाङ्गी मगर सामुदायिक होमस्टेले गरेका थिए।

गुराँस मेला २०७९ कार्यक्रम आयोजनाको लागि वैदेशिक रोजगारमा रहेका विभिन्न ५ देशहरू दक्षिण कोरिया, इटाली, अमेरिका, युके र हङकङमा कार्यरत रोल्पालीहरुद्वारा आर्थिक सहयोग प्रदान गरेको गेमी होस्टेका अध्यक्ष पृथ्वी पुन मगरले बताए।

समुन्द्र सतहबाट ३००० मि. देखि ३६५० मिटरसम्मको भू-भागमा फैलिएको छ। जलजला प्राकृतिक, धार्मिक एवम ऐतिहासिकताले प्रसिद्ध छ। गुराँस मेला २०७९ महोत्सव गेमी होमस्टे जेलबाङ र थबाङि मगर होमस्टेले संयुक्त रुपमा आयोजना गरेका थिए।

नयाँ वर्षमा 'जलजला गुराँस मेला–२०७९' आयोजना हुँदै

प्रकाशित मिति: : 2022-04-15 20:27:00

प्रतिकृया दिनुहोस्