नयाँ वर्षमा 'जलजला गुराँस मेला–२०७९' आयोजना हुँदै

Breaknlinks
Breaknlinks

नयाँ वर्षलाई लक्षित गर्दै जलजलामा 'गुराँस मेला २०७९' आयोजना गरिँदैछ।  

रोल्पा जिल्लाको प्राकृतिक रूपमा मनोरम रहेको जलजला धार्मिक, प्राकृतिक एवं ऐतिहासिकले प्रसिद्ध छ। 

समुन्द्री सतहबाट ३००० मि. देखि ३६५० मिटरसम्मको भुभागमा फैलिएको छ।

वर्षेनि सयौं भक्तजनहरू भाकल पूरा गर्न जलजला पुग्छन्। भेडा र कुखुराको बली दिएर पुजा गर्ने चलन छ।

बराह देवताको पुजा गर्दा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ।

मन्दिरको आसपास भामा गुफा छ। किम्बदन्ति अनुसार यो गुफामा १२ भाई बराह र २२ बहिनी बज्यू बराह उत्पत्ति भएको भन्ने जनविश्वास छ। यसको सेरोफेरोमा थ्रुपै झरनाहरू छन्। 

यस क्षेत्रमा जंगली पशुपंछि,  वनस्पाति,  फूल, र थरीथरीका चराचुरूंगी पाईन्छन्। 

थबाङ गाउँपालिका, सुनछहरी गाउँपालिका, रोल्पा नगरपालिका र परिवर्तन गाउँपालिकाको साझा भू–भाग हो, जलजला पहाड। 

जलजलालाई 'नेपाल भ्रमण वर्ष २०२०' मा नेपाल सरकारले एक सय गन्तव्यको सूचीमा राखिएको थियो।

जलजला माओवादी जनयुद्धकालमा सुरक्षित र आधार इलाकाका रूपमा पनि मानिएको थियो।

वैशाख,  जेठ र साउने पूर्णिमा जलजलामा मेला लाग्ने गर्दछ। जलजलामा कैलु बराह, बज्यू बराह, सतदेव बराह र बाह्र भाई बराह जस्ता देवताको पुजा गर्ने गरिन्छ।

उत्तरतिर सिस्ने हिमाल, पुथा, र धौलागिरी हिमश्रृंखलाका मनोरम दृश्यहरू अवलोकन गर्न सकिन्छ। 

वैशाख-ज्येष्ठ (वसन्त ऋतु) मा करिव १४ प्रजातिका गुराँस फुल्ने जलजला क्षेत्र गुराँसले ढकमक्क हुन्छ, असाध्यै मनमोहक देखिन्छ। वर्षायाममा डाडाँभर थरीथरीका सयौं प्रजातिका रंगिबिरंगी वुकी फूलले पहाड सजिएको हुन्छ।

हिउँदमा जलजला क्षेत्र हिउँले सेताम्मे हुन्छ। राष्ट्रिय प्रकृति कोषले जलजला क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको छ। विदेशी तथा स्वदेशि पदयात्रीले गुरिल्ला ट्रेल र जलजला ट्रेकिङ ट्रेल यहि क्षेत्र हुँदै हिँड्ने गर्छन्।

अहिले जलजलामा गुराँस ढकमक्क फुलेको छ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नया वर्षमा गुराँस मेला आयोजना गरिएको पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टे, जेलबाङका अध्यक्ष पृथ्वी पुनमगरले बताएका छन्। यसअघि उनकै पहलमा पोखरास्थित फिस्टेल एयरको सहकार्यमा जलजलाको मनोरम दृश्य अवलोकन गर्न हेली टूर गराएको थियो। 

गुराँस मेला २०७९ गेमी होमस्टे जेलबाङ र थबाङ्गी मगर होमस्टेले संयुक्त रूपमा आयोजना गरिँदैछ। 

मेला अवधिभर विभिन्न सेसनहरू राखिएके छ, जस्तै नाचगान, गुराँससँग कविता, प्रत्यक साँझ अन्ताक्षरी, जलजलासँग जलजला र जलजला गुरिल्ला ट्रेक समेत राखिएको आयोजकले जनाएको छ। 

मेलामा दुई थरीको प्याकेजमा १ रात २ दिनको रू ४००० र २ रात ३ दिनको रू ६५०० मुल्य राखिएको छ।

सम्पर्कः ९८४०७४५७३९, ९८६३०७५८०९, ९८०९८८३०४५

प्रकाशित मिति: : 2022-04-10 10:07:00

प्रतिकृया दिनुहोस्