सोमबार, १५ डिसेम्बर २०२५

संस्थागत श्रम स्वीकृति अनलाइनबाट जारी 

• • •

वैदेशिक रोजगार विभागले संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइनबाट जारी गरेको छ।

शुक्रबार वैदेशिक रोजगार कार्यालय ताहाचलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले एक कार्यक्रमकाे आयाेजना गरी संस्थागत श्रम स्वीकृति अनलाइनबाट शुभारम्भ गरेका हुन्।

श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालयबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट जारी गरिएकाे हाे।

श्रमिकहरुको हकहितका लागि याे प्रणाली लागु गरिएकाे मन्त्री श्रेष्ठले जानकारी दिए।

विभागले गत माघ २ गतेदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति प्रदान गर्दै आएको छ।सरकारले श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट उपलब्ध गराउँदै आएको छ।

अनलाइनबाट व्यक्तिगत र संस्थागत श्रम स्वीकृति प्रदान गर्न थालिएसँगै वैदेशिक रोजगार कार्यालयमा हुने भीडभाड हटेको छ। कुनै समय हजारौँको उपस्थिति हुने कार्यालय आजकाल सुनसान हुन थालेको छ।

विभागले सूचना जारी गर्दै सम्बन्धित इजाजतपत्रवाला संस्था, सेवाग्राही र सरोकारवाला सबैलाई संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै हुने जानकारी गराएको छ।

पहिलो आउने सेवाग्राहीलाई पहिलो सेवा दिने आधारमा अनलाइन निवेदनको फर्छ्याेट गरिने भन्दै विभागले कम्तिमा तीन दिन अगाडि श्रम स्वीकृतिका लागि अनलाइनबाट निवेदन दिन आग्रह गरेको छ।

तर, सेवाग्राहीले भन्ने व्यवस्थापन राम्रो नभएकोले अनलाइन प्रणली आएपनि उस्तै झनझट रहेको बताउँदै आएका छन्। सामान्यत एक जना व्यक्तिलाई श्रम स्वकुति लिन ५ देखि ६ दिन लाग्ने गरेको  सेवाग्राही बताउँछन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!