नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाब्वे ‘ए’ सँग समान तीन खेलको एकदिवसीय र टी- २० शृंखला खेल्ने भएको छ।
घरेलु मैदान टियु क्रिकेट रंगशालामा हुने शृंखला ३० अप्रिलदेखि ९ मेसम्म चल्नेछ।
नेपालले जिम्बाब्वे ‘ए’ सँग सुरुमा एकदिवसीय शृंखला खेल्नेछ। जुन ३० अप्रिलदेखि ४ मे सम्म चल्नेछ। खेल बिहान ९ बजेदेखि सुरु हुनेछ।
यस्तै, टी- २० शृंखला ६ देखि ९ मेसम्म हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ।
यसअघि नेपालले घरेलु मैदानमा पपुवा न्युगिनी (पिएनजी) सँग दुई खेलको एकदिवसीय र पिएनजीसँगै मलेसियासम्मिलित त्रिदेशीय टी- २० शृंखला खेलेको थियो।