बिएल संवाददाता
निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ।
आयोगको बिहीबारको बैठकले घिसिङ र अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधेको हो। सरकारी कर्मचारीको भूमिकामा रहेका घिसिङले निर्वाचन आचारसंहिता विपरीत गरेको आरोपसहित आयोगले सात दिने स्पष्टीकरण सोधेको हो। नेकपा माओवादी केन्द्रको एक निर्वाचन सामाग्रीमा प्रचण्ड र जनार्दन शर्मासँगै घिसिङको तस्बिर सार्वजनिक भएको थियो।
आयोगले पोस्टरमा फोटो राखि प्रचार प्रसार गरिएको विषयमा विभिन्न सञ्चारमाध्यम तथा समाजिक सञ्जालमा आएको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, 'तपाईंको समेत फोटो राखि नकपा माओवादी केन्द्रको चुनावी पोस्टर सार्वजनिक भएकोमा त्यसमा तपाईंको सहमति रहेको हो होइन ?' भनि सोधिएको छ।
त्यस्तै गण्डकी प्रदेशका सभामुख अधिकारीलाई आयोगले तोकेको भन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको लत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिएको हो वा होइन भनि प्रश्न गरेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया