शिक्षामन्त्री पौडेल र शिक्षा अधिकारी सुवेदीद्वारा काठमाडाैँका सरकारी विद्यालयकाे अनुगमन (भिडियाे)

शिक्षामन्त्री देवेन्द पौडेल र काठमाडाैँ महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले सरकारी विद्यालयहरुमा अनुगमन गरेका छन्।

बुधबार काठमाडाैँ उपत्यकामा रहेका ५ वटा सरकारी विद्यालयमा शिक्षामन्त्री पौडेल र शिक्षा अधिकारी सुवेदीले अनुगमन गरेका हुन्।

उनीहरुले जनकल्याण मावि, पञ्चकन्या मावि, शिवपुरी मावि, पदमकन्या मावि, पद्माेदय माविकाे अनुगमन गरेका हुन्। उनीहरुले ती विद्यालयको भौतिक सरंचना र शैक्षिक गुणस्तरको अनुगमन गरेका हुन्।

सुरुमा काठमाडौँमा रहेका सबै सरकारी विद्यालयको अनुगमन गर्ने र त्यसपछि देशभरका सबै विद्यालयकाे अनुगमन गर्ने मन्त्री पौडेलले जानकारी दिए।

उनकाअनुसार सबैभन्दा पहिला विद्यालयहरुमा शिक्षा सिकाई, परीक्षाको प्रणाली, विद्यालयका भौतिक पूर्वाधार र विघालयको गुणस्तरको बारेमा बुझ्ने र छिटै प्रयाेगमा ल्याउइने छ।

उनी भन्छन्, ‘शिक्षा भनेको प्रतिस्पर्धा गर्ने ठाउँ होइन। यहाँ धेरै निजि विद्यालयहरु रहे पनि हाम्रो सुरुको प्राथमिकता भनेको सरकारी विद्यालय नै हो। आज हामीले ५ वटा विद्यालयको अनुगमन गर्दा खेलमैदान कमी, शिक्षा सामाग्रीहरु कमी, पुस्तकालयहरुको उचित व्यवस्था नभएको भेट्याैँ। सगँसगैँ खानेपानीको बारेमा पन हेर्याैँ। यसलाई हामीले चाँडाेभन्दा चाँडो समाधानकाे बाटाे निकाल्ने छौँ।’

त्यसैगरी शक्षा अधिकारी सुवेदीले काठमाडाैँका सबै विद्यालयहरुलाई भौतिक पूर्वआधारयुक्त पार्न र हरेक एक वडामा रहेका विद्यालयका लागि बजेट छुट्याएकाे बताएका छन्।

प्रकाशित मिति: : 2022-04-13 18:47:00

प्रतिकृया दिनुहोस्