रेखाको प्रश्न : के हामी बहादुर नेपाली हाेइन र, किन विदेशीको गुलाम बन्ने ? (भिडियाेसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)केन्द्रीय सदस्य रेखा थापाले नेपालका प्रमुख दलहरुले नेपाली जनतालाई दमित बनाएको बताएकी छिन्।

वीरगञ्ज्मा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै थापाले प्रमुख भनिएका दलहरुले नेपाली जनतालाई दमित र दासी बनाएकाे बताएकी हुन्।

‘आशा र सपना देखाएर ठूला दलहरु आउँछन्, सपनाका लड्डु देखाउँछन्,’ उनले भनिन्,‘जनताहरु विश्वास गर्नुहुन्छ। तर, जितेपछि जनताको सपना ज्यूकात्यु हुन्छ।’

थापाले प्रश्न गरिन्,‘मैलेभन्दा भाषा असभ्य लाग्ला, हाम्रो नेताहरुले देश बेचेर खाइसके, विचार बेचिसके। विदेशीसँग लम्पसार परिसके। त्यही कुरा नहोस् भनेर सकारात्मक अभियानका लागि राप्रपा होमिएका हौँ।’

‘के हामी बहादुर नेपाली हाेइन र, हाम्रा पुर्खाको महान इतिहास र गौरवलाई धुमिल गर्ने अधिकार छ ?,’ रेखाले भनिन्।

उनले अरु पार्टीले के गरे भन्दा नि राप्रपाले के गर्छ महत्वपूर्ण रहेको बताइन्।

‘हाम्रो पार्टीमा सबैलाई स्वागत छ, खुल्ला हृदयले आउनुहोला। यो जनताको पार्टी हो,’ रेखाले भनिन्,‘अरु दललाई गाली गरेर हाेइन, राम्रो काम गरेर राप्रपा ताली पाउँनेछ।’

प्रकाशित मिति: : 2022-04-12 16:24:00

प्रतिकृया दिनुहोस्