तेस्रो मिस उर्लाबारीको उपाधि मिक्लाजुङकी दिया दाहालले जितेकी छिन्।
होटल ग्रान्डमा आज राती सम्पन्न फाइनल राउण्डका १७ जना सुन्दरीलाई उछिन्दै दियाले मिस उर्लाबरीको को ताज पहिरिएकी हुन्।
उपाधिसँगै दाहालले पचास हजार नगद पाईन।
त्यस्तै, फष्ट रनरअप उर्लाबारी–६ की ज्वाला लिम्बू भईन्। उनले नगद तीस हजार जित्नुभयो। त्यस्तै, सेकेन्ड रनरअप उर्लाबारी–७ की अंकिता कटवाल भईन्। उहाँले नगद बीस हजार पाउनुभयो। समापन कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो। मिस उर्लाबारीको आयोजना सेन्ट्रल फेशन हब, उर्लाबारी तथा बिशेष सहयोग उर्लाबारी नगरपालिकाको रहेको थियो।
यस अघि २०१३ मा नेमिता आङ्गबुहाङ्ग र २०१८ मा रुशाली केसीले मिस उर्लाबारीको ताज जितेका थिए।
कार्यक्रमको प्रशिक्षण कार्यक्रममा व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास सम्बन्धि प्रशिक्षण दिएको आयोजकका अध्यक्ष जीवन चिमरियाले जानकारी दिए।।स्थानीय युवतीहरुको प्रतिभा प्रस्फुटनको अभिप्रायले आयोजना गरिएको मिस उर्लाबारीमा प्रतिस्पर्धीहरुलाई निःशुल्क सहभागी गरिएको र आउँदो वर्षबाट नियमित आयोजना गर्ने योजना रहेको आयोजकले जनाएको छ।