सोमबार, १५ डिसेम्बर २०२५

अन्तत: जेनिफर र एफ्लेकले गरे विवाह गर्ने निर्णय

Photo: Agency
• • •

हलिउड नायिका तथा गायिका जेनिफर लोपेज र नायक बेन एफ्लेकले विवाह गर्ने निर्णय गरेका छन्।

१८ वर्ष पहिले विवाह हुने अन्तिम अवस्थामा पुगेर टुटेको यो जोडीले छिटै नै विवाह गर्ने नायिका लोपेजको आधिकारिक वेब साइटले पुष्टि गरेको हो।

यसअघि नायिका लोपेजले गायक मार्क एन्थोनीसँग र नायक एफ्लेकले नायिका जेनिफर गार्नरसँग विवाह गरे पनि दुबैका सम्बन्ध बिच्छेद भएका थियाे।

१५ अगस्ट १९७२ मा जन्मेका नायक एफ्लेकको द ब्याट म्यान (२०२२) र २४ जुलाई १९६९ मा जन्मेकी नायिका लोपेजको म्यारी मी (२०२२) पछिल्लाे पटक उनीहरुले अभिनय गरेको सिनेमा हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!