घरदैलोमा रहेकी रेखा थापा भन्छिन्, ‘तपाई हाम्रो प्रतिनिधित्व हो भन्दै दिदी बहिनीहरुले माया गर्नुभयो ’

राप्रपाले आज स्थानीय तहको निर्वाचन लक्षित देशव्यापी घरदैलो अभियानको औपचारिक शुरूवात गरेको छ।  सबै जिल्लामा कोणसभा गरेर चुनावी घरदैलो अभियानको थालनी भएको छ।

सोहि अनुरुप, राट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रेखा थापा निर्वाचन लक्षित घरदैलो कार्यक्रममा यतिवेला चितवनमा छिन्। चितवनको कालिकास्थान नगरपालिका—८ मा उनी जनताको घरआगँन बिहानै देखी भोकै तिर्खै खटिरहेको स्थानीय बताउँछन्।

‘घरदैलोमा पुग्ने क्रममा सबै उत्साहित भएको रेखाले बताइन्।

‘तपाई हाम्रो अवकोे प्रतिनिधित्व हो भन्दै महिला दिदी बहिनीहरु हाम्रो आवाजठाउँमा पुर्याउदिनु पर्यो भन्दै आउनु भयो, रेखाले भनिन्, म पनि भावुक भए, हाम्रो काधमा धेरै जिम्मेवारी आएको छ। ‘ब्याक हुने कुरै छैन्। हामी स्वार्थको राजनीति गर्दैनौ। हाम्रो स्वार्थ भनेको नै जनताको सेवा हो।’

रेखाले राप्रपामा प्रवेश गर्नेहरुको लर्को लागेको बताईन्।  रेखा थापाको चुनाबी घरदैलौ के युवा के बृद्ध बिभिन्न पार्टीका युवाहरु राप्रपा पस्नका लागि लर्को लागेको छ।

प्रकाशित मिति: : 2022-04-11 11:31:00

प्रतिकृया दिनुहोस्