'अलैची उद्योगको प्रवद्र्धनका लागि सरकार अझ् संवेदनशील हुनुपर्छ'

अलैची महासंघका अध्यक्ष भट्टराई र वीरगञ्ज उवासंघका अध्यक्ष डा. गुप्ताबीच भेटघाट

नेपाल अलैची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई नेतृत्वकाे तीन सदस्यीय टोलीले वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्तासँग भेटघाट तथा छलफल गरेको छ। 

वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यकक्षमा भएको छलफलका क्रममा अलैची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराइले सरकारले अलैची निर्यातमा दिँदै आएको ५ प्रतिशतको इन्सेन्टिभलाई बढाएर ८ प्रतिशत गरिनुपर्ने, अलैची प्रशोधनका साथै कृषिजन्य पैदावार चिया, अमलेशो, जडीबुटीका साथै तरकारी उद्योगलाई पाँच वर्षसम्म पूरै कर छुट गरिनुपर्ने, कृषिजन्य उत्पादनलाई भिसिटिएसको प्रावधानभन्दा बाहिर राख्नुपर्ने र कृषि क्षेत्रको उन्नयनका लागि सरकार जति संवेदनशील हुनुपर्ने हो सो हुन नसकेको बताएका छन्। 

उनले भने, 'नेपालमै पहिलोपटक अलैचीबाट उत्पादित विभिन्न खाद्य परिकार र मसलाहरूको स्वेदशी बजार तथा भारतलगायत तेस्रो मुलुकमा निर्यातका लागि राज्यले आवश्यक सहजीकरण गरि यस्ता उद्योगलाई प्रबद्र्धन गर्न आवस्यक छ।'

संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले कृषि तथा कृषिजन्य उत्पादनको प्रबद्र्धन र बजारीकरणका साथै निर्यातका लागि राज्य संयन्त्रको सकारात्मक भूमिका हुनुपर्नेमा जोड दिँदै यस्ता खाले समस्या समाधानका लागि वीरगञ्ज उद्योग वाणिज्य संघले आफ्नै समस्याका रूपमा आत्मसात गरी समाधानका लागि राष्ट्रियस्तरमा प्राथमिकताका साथ पहल गर्ने बताएका छन्।

गुप्ताले भने, 'हामी एक अर्काका समस्यालाई साझा समस्याका रूपमा लिई समाधानका निमित्त समेत साझा प्रयत्न गर्नुपर्ने संघको संस्थागत धारणा रही आएको छ।' उनले कृषिप्रधान देशमा कृषि क्षेत्रकै प्रबद्र्धन र विकास हुन नसेकेको दुखेसो व्यक्त गर्दै कृषिको व्यवसायीकरण र कृषकहरूको जीवनस्तर माथि उकास्न निजीक्षेत्रका संघ संस्थाहरूको अहम् भूमिका हुने बताएका छन्। 
 
कार्यक्रममा अलैची व्यवसायी महासंघका केन्द्रीय सदस्य संजीव घिमिरे सहितको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2022-04-05 19:44:00

प्रतिकृया दिनुहोस्