राजेन्द्र लिङ्देनकाे पार्टीमा महिलामाथि यस्तो व्यवहार !

Breaknlinks
Breaknlinks

राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभामा सरिक महिलाहरुमाथि राप्रपाकै स्थानीय नेताले ‘यौन आशक्ति’ देखाएको खुल्न आएको छ।

सार्वजनिक स्थलमै महिलाहरूले प्रतिवाद गरेपछि ति नेता पछि हटेका थिए। गत शनिबार मोरङको दाम्राभिट्टामा राप्रपाले आमसभा आयोजना गरेको थियो। सोहि कार्यक्रममा सहभागी हुन उर्लाबारीबाट भेन चढेका महिलाहरूप्रति राप्रपा नेता धर्म शाक्यले अस्वभाविक व्यवहार गरेको बताइएको छ।

आमसभाको अघिल्लो दिन राप्रपाले उर्लाबारीमा महिला संगठनको नगर समिति गठन गरेको थियो। नगर समितिका महिलाहरू रिजर्भ गरिएको भेनमा सवार थिए। सोहि भेनमा सुटुक्क चढेका शाक्यले यात्रा अवधिभर संवेदनशील अंगमा एकोहोरो हेरिरहनेजस्ता हर्कत गरेका थिए। ‘अति गरेपछि होहल्ला गरियो’ एक महिलाले भनिन्,‘तेरो आँखा झिक्छौ भनेर र्‍याख–र्‍याखति पारेपछि उनी चुपचाप पछि हटे।’

कार्यक्रममै असर पुग्ला भनेर शनिबार चुपचाप रहेपनि हाल पार्टीमै कुरा पुगिसकेको राप्रपामै सक्रिय एक महिला नेताले बताइन्। उनले भनिन् –‘हामी त राप्रपामा महिलाहरूलाई सम्मानपुर्ण व्यवहार होला, महिला सशक्तिकरणका सवाल उठ्ला भनेर लागेका थियौ, तर नेता भनाउँदा नै यस्ता भएपछि मन मरेर आयो।’

पार्टी बैठकमा शाक्यकाे हर्कतको कुरा उठेको राप्रपा उर्लाबारीका एक युवा नेताले बताएका छन्। उनका अनुसार शाक्यले आफुले महिलामाथि कु–दृष्टि राखेको कुरालाई अस्वीकार गरेका छन्।

बताइएअनुसार महिलामाथि किन त्यस्तो व्यवहार गरेको भन्दा ‘कसले के गर्यो’ भन्दै उल्टै उनी जंगिएका थिए। उनको व्यवहारले चुनावका मुखमा पार्टी संगठनलाई नै असर गर्ने भन्दै राप्रपा बैठकमा धेरैले चिन्ता व्यक्त गरेका छन्। उर्लाबारी उद्योग वाणिज्य संघका पुर्व अध्यक्षसमेत रहेका शाक्य राप्रपाका अविचलित कार्यकर्ता हुन्।

उर्लाबारी चौकमा फेन्सी पसल चलाउदै आएका शाक्य पार्टी संगठनमा निरन्तर सक्रिय रहेकै कारण पार्टीपंक्तिमा उनी ‘लोकप्रिय’ छन्। तर, महिलाका मामिलामा उनी कमजोर भएको उनलाई नजिकबाट चिन्नेहरू बताउने गर्छन्। ‘महिला अघिपर्दा एकोहोरिने उनको आदत नै छ,’ शाक्य निकट एक व्यक्तिले भने, ‘गलत आशय नहुन सक्छ, तर उनी महिलाका प्रति मनोरोगी नै हुन्।’

प्रकाशित मिति: : 2022-04-05 21:20:00

प्रतिकृया दिनुहोस्