बिएल संवाददाता
अमेरिकी अभिनेता विल स्मिथले ओस्कार्स एकेडेमीबाट राजीनामा दिएका छन्।आइतवार आयोजित ओस्कर्स पुरस्कार वितरण समारोहमा हास्य कलाकार क्रिस रकलाई मञ्चमै थप्पड हानेपछि उनी विवादित बनेका थिए। क्रिस रकलाई थप्पड हानेको घटनाले संसारभर चर्चा भएको थियो।
‘मैले एकेडेमीको अनुशासनात्मक सुनुवाइको सूचनालाई सीधै जबाफ दिएको छु। म मेरो आचरणको सबै परिणामहरू पूर्ण रूपमा स्वीकार गर्नेछु। ९४औँ एकेडेमी अवार्ड प्रस्तुतिमा मेरो कार्यहरू स्तब्ध, पीडादायी र अक्षम्य थिए’ उनको विज्ञप्तिमा भनिएको छ।
मञ्चबाट हास्य कलाकार क्रिसले अभिनेता स्मिथकी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेका थिए। ठट्टापछि स्मिथ आफू बसिरहेको स्थानबाट उठेर क्रिसलाई थप्पड हानेका थिए। थप्पड हानेपछि स्मिथको चर्को आलोचना भएको थियो। सो घटनापछि ओस्कार्स एकेडेमीबाट राजीनामा दिन दबाब बढेको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया