सोमबार, १५ डिसेम्बर २०२५

नवलपरासीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

File Photo
• • •

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–८ मा बिहीबार बिहान ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा हाल पहिचान नखुलेका अंदाजी ५० वर्षीय पुरुष रहेका छन्। 

ट्रकको ठक्करबाट घाइते भएका ती पुरुषलाई उपचारको लागि भरतपुर स्थित सरकारी अस्पताल पुयाउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

बिहीबार बिहान पौने ९ बजे भारतीय नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको थियो। 

ठक्कर दिने ट्रक सहित चालक इलाका प्रहरी कार्यालय गैंडाकोटको नियन्त्रणमा रहेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!